• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण

युरोकप २०२० : मान्सिनीले उकासेको इटालीको खास परीक्षा

64x64
नेपाल लाइभ शुक्रबार, जेठ २८, २०७८  १८:१२
1140x725

काठमाडाैं- रोबर्टो मान्सिनी आफ्नो जमानाको उत्कृष्ट स्ट्राइकर थिए। क्लब स्तरमा कयौँ उपाधि जिते उनले। उनमा अविश्वसनीय प्रतिभा थियो। यद्यपि, राष्ट्रिय टिमबाट भने उनी सफल हुन सकेनन्। त्यसबखतका प्रशिक्षक आरिगो साचीसँग विवाद भएपछि उनले धेरै खेल खेल्न पाएनन्। 

आन्तरिक बिबादका कारण चाँडै सन्यास लिएका थिए, मान्सिनीले। तर, उनमा राष्ट्रको लागि ट्रफी दिलाउने भोक उस्तै थियो। खेलाडी जीवनबाट सन्यास लिएपछि उनले प्रशिक्षकको भूमिका निर्वाह गर्ने मौका पाए। उनले इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई समेत प्रशिक्षण दिइसकेका छन्। 

उनलाई इटालियन फुटबल संघले सन् २०१८ मा प्रशिक्षकको जिम्मेवारी दिएको थियो। त्यो त्यही समय थियो जुनबेला चार पटकको विजेता इटाली २०१८ को विश्वकपमा छनोट भएन। संयोग, तत्कालिन प्रशिक्षक जियान पिएरो भेन्टुरा पनि जिम्मेवारी मुक्त भए। मान्सिनीले यस्तो बेला टिम सम्हालेका थिए। हुन त उनी इटालीको प्रशिक्षक बन्न त्यति इच्छुक थिएनन्। ‘म भर्खरै बूढो भएको थिएँ। उही जोश र जाँगर ममा थिएन। त्यसैले सम्झौता गर्न इच्छुक थिइन,’ उनी भन्छन्। 

यद्यपि, उनले टिम सम्हाले। ओरालो लाग्दै गएको टिमको प्रशिक्षक बनेपछि मान्सिनीमाथि नकारात्मक टिप्पणी नभएको होइन। अनुभव नै नरहेको भन्दै धेरैले आलोचनासमेत गरेको उनी सम्झिन्छन्। ‘सन् २०१८ मा प्रशिक्षक बन्दै गर्दा मेरो उद्देश्य थियो, इटालीलाई बलियो टिम बनाउने। तर, त्यसबेला हामीलाई कमैले विश्वास गर्थे। अनुभवविहीनलाई प्रशिक्षकको जिम्मेवारी दिएको भन्दै आलोचना पनि नगरेको होइन। तर, म रत्तिभर बिचलित भइनँ। म विश्वस्त थिएँ हामी युरोकपमा फर्कनेछौं,’ मान्सिनी भन्छन्। 

हुन पनि हो। इटाली त्यही टिम हो जो २०१० को युरोकप फाइनल खेलेको थियो। तर, दुर्भाग्य भन्नुपर्छ इटाली फाइनलमा स्पेनसँग पराजित भयो। त्यसयता ठूला प्रतियोगितामा औपचारिक सहभागिता जनाउनुबाहेक इटालीले कुनै उपलब्ध हासिल गर्न सकेन। तर, टिमको नेतृत्व सम्महालेपछि सबैको मुखमा बुझो लगाउन भएपनि उनले राम्रो नतिजा देखाउनु पर्ने थियो।तर, उनको लागि यो काम त्यति सजिलो भने थिएन।

टोलिलाई २०२० मा आयोजना हुने युरोकपमा पुर्याउनुपर्ने जिम्मेवारी उनको काँधमा थियो। केही नाम चलेका खेलाडीको उमेर ढल्कँदै गरेको थियो। केही आशलाग्दा युवा खेलाडीले मौका पाइरहेका थिएनन्। यसलाई पनि ठिक गर्नुपर्ने जिम्मेवारी थियो उनमा। टिम भएपनि नतिजा शून्य भएको चिन्ता उनीमाथि थपियो। उनले पहिला टिमको संरचनामाथि अध्ययन गरे। त्यसपछि बनाए युवा टिम। 

मान्सिनीले युवा खेलाडीलाई मौका दिए। अनि अनुभवी खेलाडीलाई पनि टिममा राखे। युवा जोश र पाका खेलाडीको अनुभवले टिम सन्तुलित बन्ने मान्सिनीको ठम्याई छ। उनी एट्याकिङ फुटबल खेलाउन चाहन्थे। उनको स्वभाव पनि यही हो।  इटालीको प्रशिक्षक भएपछि उनले प्रायः खेलमा ४-३-३ संरचना प्रयोग गरे।
उनको यो रणनीति सफल भयो। मे २८, २०१८ यता इटालीले ३० खेल खेलिसकेको छ। इटाली पछिल्ला २५ खेलमा अपराजित छ। 

३० मध्ये जम्मा दुई खेलमा मात्रै हारे बेहोरेको छ इटालीले। यो नतिजा बास्तवमै अपत्यारिलो छ। उनकै प्रशिक्षणमा इटालीले युरोकप छनोट चरणमा शतप्रतिशत जित दर्ता गर्यो। इटालीले १० खेलमा ३४ गोल गर्यो भने चार गोल मात्रै खायो।

Ncell 2
Ncell 2
nimb
nimb

सन् १९३० को दशकमा भिट्टारियो पोज्जोले इटालीलाई ३० खेलमा अपराजित राखेको थिए। यो कीर्तिमान आजको मितिसम्म कायम छ। अब कीर्तिमान बराबर गर्न मान्सिनीलाई पाँच जितको खाँचो छ। मान्सिनीको टिमले नोभेम्बर २०२० देखि मार्च २०२१ सम्म ६ खेल खेलेको थियो। ती खेलमा इटालीले जम्मा एक गोल खाएको थियो। 

मान्सिनीको परीक्षा
शुक्रबार रातिदेखि सुरु हुने युरो कपको पहिलो खेलमा इटालीले टर्कीसँग प्रतिस्पर्धा गर्दैछ। युरोकप अगाडि इटालीले देखाइरहेको लयले मान्सिनीप्रतिको समर्थकको विश्वास बढेको छ। उनमा यही लयलाई निरन्तरता दिनुपर्ने चुनौति थपिएको छ। 

बास्तवमा पछिल्ला ३० खेलमा इटालीका अधिकांश विपक्षी बलिया थिएनन्। इटालीले सामना गरेका जम्मा तीन विपक्षी मात्रै फिफा वरियताको शीर्ष २० मा अटेका थिए। युरोकपको छनोट चरणमा फिनल्याण्ड, ग्रीस, बोस्निया एण्ड हर्जेगोभिना, आर्मेनिया र लिक्टेनस्टेनको साथ सजिलो समूहमा परेको थियो इटाली। 

इटालीको प्रशिक्षक भएपछि उनले प्राय: खेलमा ४-३-३ संरचना प्रयोग गरेका छन्। उनी चाहन्थे ‘एट्याकिङ मुभ’ रक्षापंक्तिबाटै सुरु होस्। मान्सिनीले मिडफिल्डमा जर्जिन्हो र मार्को भेराट्टीको उपयोग गरे। यी दुवै खेलाडी ‘बल पोसेसन’ राख्न माहिर छन्। उनीहरूको बल पास गर्ने शैली र क्षमता धेरै माथि छ। मान्सिनीले छनोट गर्ने मिडफिल्डमा प्लमेकर बन्छन्, २४ वर्षीय निकोलो बरेला। जो मौका पाउन साथ विपक्षीको क्षेत्रमा पुगिहाल्छन्।

Xtrem

Xtrem

मान्सिनी पनि अन्य रणनीतिक प्रशिक्षक जस्तै आफ्नो टिमले आक्रमण बुन्दा बढी भन्दा बढी खेलाडी विपक्षीको क्षेत्रमा पुगुन् भन्ने चाहन्छन्। त्यस्तोमा इटालीको संरचना ३-२-५ मा परिवर्तन हुन्छ। फुलब्याक आफ्ना विङ्गर साथीलाई सहयोग गर्न मैदानको माथिल्लो भागमा पुगेका हुन्छन्। जस्तै, मैदानको बायाँ भागमा फुलब्याक एमरसन पाल्मिरी र विङ्गर फ्रेडरिको किएसाको जोडीको साझेदारी देख्न सकिन्छ। त्यसैले इटालीको टिम मजबुत र नतिजा दिनलायक बन्यो।मान्सिनीप्रति विश्वास बढेरै होला, इटालियन फुटबल संघले उनलाई सन् २०२६ सम्मका लागि प्रशिक्षक बनाउने भइसक्यो।

युरोमा हुनेछ स्तर मापन
पछिल्ला खेलहरूमा जे जस्तो नतिजा आएपनि मान्सिनीको वास्तविक परीक्षा युरो नै हो। त्यसकारण युरोमा इटालीको स्तर मापन हुनेछ। इटाली युरोको समूह ‘ए’ मा छ। त्यस समूहमा इटाली बाहेक वेल्स, टर्की र स्विटजरल्यान्ड छन्। इटालीले समूह चरणका सबै खेल रोममा खेल्नेछ। 

इटालियन टिम साँच्चैको सन्तुलित देखिएको छ। विशेषगरी रक्षापंक्तिमा इटालीमाथि खोट लगाउने ठाउँ देखिँदैन। यसका साथै खेलाडीमा पनि उच्च मनोबल छ। ‘म यस टिमको हिस्सा बन्न पाउँदा गर्व महसुस गरिरहेको छु। हाम्रो लक्ष्य युरो जित्ने नै हो,’बरेला भन्छन्। 

उता, टिम कप्तान जर्जियो किलिनी पनि बरेला जस्तै उत्साहित देखिएका छन्। ‘टिममा एकता छ। हामीबीच केमेस्ट्री पनि गज्जबको छ,’ उनी भन्छन्। तर, इटालीको टोलीसँग अनुभवको अभाव एक समस्या हुन सक्छ। यस्तोमा मान्सिनीले बढी भन्दा बढी खेलाडीको उपयोग गर्न प्रयास गर्नेछन्। 

समूह चरण पार गरेपछि बलिया टिमको सामना गर्नुपर्ने भएकाले मान्सिनीका लागि ‘टिम रोटेसन’ चुनौति हो। उनीसँग सिरो इमोविले, लोरेन्जो इन्सिग्ने, फेडरिको चिइसा, जर्गिन्हो, म्यानुयल लोकाटेली, निकोलो बरेल्ला, लियोनाद्रो बोनुची, जिअरजियो किएलिनी, एलेसान्द्रो फ्लोरेन्जी र गोलरक्षक जियानलुइगी डोन्नररुम्माजस्ता नाम चलेका खेलाडीको साथ रहेको छन्।

तर, युवा खेलाडीका लागि पहिलो प्रतियोगिता भएकाले पनि मान्सिनीले सावधानी अपनाउनु पर्नेछ।

यस पटकको इटालियन टिममा रहेका सबै खेलाडीको लोकप्रियता करिब उस्तै छ। तीमध्येबाट कुनै एक स्टार छान्ने हो भने, ती हुन् जिजियो डोनारुमा। २२ वर्षीय डोनारुमा इटालीका पहिलो रोजाइका गोलरक्षक हुन्। उनी एसी मिलानबाट खेल्दै आएका छन्।  कुनै पनि आफ्नो गुणहरूमा शंका गर्ने ठाउँ नभएको उनको बिषेशता भनेको फुर्तिलो शरीर, रिफ्लेक्सहरू र परिपक्वता हो ।क्लब करिअरमा देखिएको अन्योलले डोनारुमालाई युरोमा बलियो खेल देखाउन रोक्ने छैन भन्ने अनुमान गरिरहेका छन्, मान्सिनी।    

प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८  १८:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
दुवै सदनको बैठक बस्दै, प्रधानमन्त्री वालेन्द्रले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्ने कार्यसूची
सम्बन्धित सामग्री
कुशल भूर्तेल ‘ए’ टोलीमा अनिल साहको कप्तानीमा रहेको नेपाल ‘ए’ टोलीमा भुर्तेलसहित तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रशिद खान... सोमबार, साउन २५, २०८३
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
ताजा समाचारसबै
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बिहीबार, असोज १५, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर बिहीबार, असोज १५, २०८३
दुवै सदनको बैठक बस्दै, प्रधानमन्त्री वालेन्द्रले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्ने कार्यसूची बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्