काठमाडाैं- बलिउड नायक सुशान्त सिंह राजपुतको निधन भएको एक वर्ष हुन लागेको छ। तर, उनको निधनको कारण भने अझै स्पष्ट रुपमा खुलेको छैन। यसबिषयमा अझै पनि छानबिन जारी नै छ। तर, सुशान्तको निधनपछि एक फिल्म बनेको थियो ‘न्याय: द जस्टिस’।
फिल्ममा छोराको नाम प्रयोग भएकोमा सुशान्तका बुबा कृष्णकिशोरले आपत्ति जनाएका थिए। उनले आफ्नो छोराको नाम प्रयोग गर्ने अधिकार कसैलाई नभएको भन्दै फिल्मलाई रोक्नुपर्ने भन्दै दिल्ली उच्च अदालतमा मुद्दा हालेका थिए।
सुशान्तका बुबाले दायर गरेको रिट निवेदनमा भनिएको छ,‘ न्याय: द जस्टिस, आत्महत्या र हत्या: अ स्टार ह्वाज लास्ट, शशांक र एक क्राउड- फन्डेड फिल्म सुशान्तको जीवनमा आधारित छ।’ त्यस मुद्दाको आज सुनुवाइ भएको छ।
अदालतले बलिउड अभिनेता सुशान्त सिंह राजपूतको जीवनीमा बनेको फिल्ममाथि प्रतिबन्ध लगाउन अस्वीकार गरेको छ। ‘न्याय: द जस्टिस’ नामको फिल्म शुक्रबार रिलिज हुँदैछ।
यद्यपि, न्यायधिश सन्जीव नरुलाले फिल्ममा प्रस्तुत गरिएको सुशान्तको नाम, उपस्थिति र घटना मेल खाँदैन केही प्रयोग नभएको बताए।
उनका वकिलहरूले भने फिल्म निर्माताहरूले आर्थिक लाभका लागि परिस्थितिको फाइदा लिन चाहेको आरोप लगाएका थिए। उनीहरुले यो अभिव्यक्ति स्वतन्त्रतामा लागू नहुने बताएका थिए।
यसका साथै फिल्म निर्माताहरूसँग दुई करोड रुपैयाँ क्षतिपूर्तिको माग गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।