सबै तस्वीर : निमेषजंग राई/नेपाल लाइभ।
काठमाडौं- चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसी समर्थक युवाहरुले बिहीबार माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्।
उनीहरुले ‘चिकित्सा शिक्षा आयोगमाथिको हस्तक्षेप बन्द गर’, ‘ओलीको मिसन, सिटामोलमा कमिसन’, ‘संविधानमाथि केपी ओली, कानुनमाथि दुर्गा प्रसाईं’लगायतका नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए।
प्रहरीले प्रदर्शनमा सहभागी सबैलाई नियन्त्रणमा लिएको छ।
यसैबीच, डा केसीले चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरूको अडान विपरीत सम्बन्धनको प्रक्रिया अघि बढाइए सत्याग्रह गर्ने चेतावनी दिएका छन्।
हाल यमनमा रहेका डा केसीले बिहीबार विज्ञप्ति जारी गरी चिकित्सा शिक्षाको मर्यादा र संवेदनशीलता बुझेर त्यस्ता खाले निर्णय प्रक्रियामा संलग्न नहुन आयोगका सदस्यहरूलाई आग्रह गरेका छन्।
केसीले विज्ञप्ति जारी गरेकै दिन उनी समर्थित युवाहरुले माइतीघरमा प्रदर्शन गरेका हुन्।
थप तस्वीरहरू :





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।