काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले चलचित्रकर्मीलाई कोभिड खोप उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन्।
स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले चलचित्रकर्मीलाई यही सातामा आउने नयाँ खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन्।
गएको शुक्रबार चलचित्र विकास बोर्डले तीन हजार चलचित्रकर्मीलाई कोभिड खोप उपलब्ध गराउन माग गरेको थियो ।
कोरोनाको दोस्रो लहर सुरु भएसँगै सरकारले फिल्म निर्माण, प्रदर्शन र वितरणमा पूर्ण रुपमा रोक लगाएको छ। जसले गर्दा समग्र फिल्म क्षेत्रमा कुनै प्रकारका गतिविधि भएका छैनन्।
सरकारले सिनेमा हल खोल्न तथा छायांकन अनुमति दिएपछि फिल्म निर्माण र प्रदर्शन सहज रुपमा अगाडि बढाउन अहिलेदेखि नै चलचित्रकर्मीलाई कोरोनाविरुद्धको खोप लगाउन आवश्यक रहेको बोर्डको ठहर छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।