काठमाडौं– आज यस वर्षको पहिलो सूर्य ग्रहण लाग्दैछ। नेपाली समय अनुसार दिउँसो १ बजेर ५७ मिनेटमा सुरु भएर साँझ ६ बजेर ५६ मिनेटसम्म सूर्य ग्रहण रहनेछ।
तर, यो सूर्यग्रहण नेपालबाट भने देख्न नसकिने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। समितिका सचिव सूर्यप्रसाद ढुंगेलले आजको सूर्य ग्रहण नेपालबाट देखिने छैन। ग्रहण नदेखिने भएका कारण शुतक नलाग्ने र बार्नुपर्ने आवश्यकता नभएको उनले बताए।
भारतका केही क्षेत्रबाट भने ग्रहण आंशिक रुपमा देखिने छ। भारतको लद्दाख र अरुणाञ्चलको केही क्षेत्रबाट केही मिनेट आंशिक रुपमा ग्रहण देख्न सकिने जनाइएको छ।
यो सूर्यग्रहण उत्तर पूर्व अमेरिका, यूरोप, उत्तर एशिया र उत्री अटलान्टिक महासागरबाट देख्न सकिने जनाइएको छ। नासाले यो ग्रहणको प्रत्यक्ष प्रसारण गर्ने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।