• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, जेठ २७, २०८३ Wed, Jun 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

नेपालसहित विश्वका ८३ देशका महिला र पुरुषले कुन उमेरमा गर्छन् विवाह?

64x64
नेपाल लाइभ शनिबार, जेठ २९, २०७८  ०७:०१
1140x725

काठमाडाैं- विवाह गर्ने  उपयुक्त उमेर कुन हो? अनि धेरैले कुन उमेरमा विवाह गरिरहेका छन्? नेपाल मात्र होइन, संसारभर नै यसको बेग्लाबेग्लै तस्वीर देखिन्छ। 

विवाह गर्ने उमेर संसारभर नै फरक फरक छन्। अनि त्यसमा सम्बन्धित मुलुकका अन्तरनिहीत कारणहरुले पनि भूमिका खेल्दा रहेछन्।

संयुक्त राष्ट्रसंघको एक अध्ययनले ८३ देशका महिला र पुरुषले पहिलो विवाह गर्ने औसत उमेर पहिचान गरेको छ। सन् २०१५-१७ सम्म (तीन वर्ष)को तथ्याङ्‍क लिएर विश्लेषण गरिएको उक्त अध्ययनले ती देशका नागरिकले पहिलो विवाह गर्ने औसत उमेरको तुलनात्मक विश्लेषण गरेको पाइन्छ।

अध्ययनअनुसार इस्टोनियाका पुरुषले सबैभन्दा ढिलो विवाह गर्छन्। त्यहाँका पुरुषले पहिलो विवाह गर्ने औसत उमेर ३६ वर्ष चार महिना रहेको छ, जुन अध्ययनमा समेटिएका ८३ मुलुकमध्ये सबैभन्दा बढी हो।

सबैभन्दा ढिलो विवाह गर्ने महिला भने स्लोभेनियाका छन्। स्लोभेनियाका महिलाले औसत ३४ वर्षको उमेरमा विवाह गर्ने अध्ययनले देखाएको छ।

सबैभन्दा कम उमेरमा विवाह गर्ने मुलुकमा मोजाम्बिक रहेको छ। त्यहाँका महिलाले औसत १८ वर्ष सात महिना र पुरुषले औसत २३ वर्ष चार महिनामा विवाह गर्दछन्।

यो आँकडा हेरिरहँदा नेपालमा चाहिँ विवाह गर्ने उमेर कुन रहेछ त भन्ने स्वाभाविक चासो हुन्छ नै। यो अध्ययनमा नेपाल पनि समेटिएको छ। अध्ययनअनुसार नेपाल कम उमेरमै विवाह हुने सूचीमा छ। नेपालका पुरुषले औसत करिब २४ वर्ष र महिलाले २० वर्ष उमेरमा विवाह गर्ने गरेको अध्ययनले देखाएको छ।

एसियामा सबैभन्दा ढिला उमेरमा विवाह गर्नेमा दक्षिण कोरियाली रहेका छन्। कोरियाका महिलाले औसत ३१ वर्ष पाँच महिना र पुरुषले ३४ वर्षको हुँदा विवाह गर्ने गरेको पाइएको छ।  

nimb
nimb
Ncell 2
Ncell 2

ढिला विवाह गर्नेमा विकसित मुलुकहरु अगाडि छन्। विकसित मुलुकहरुमध्ये अमेरिकामा केही कम उमेर (३० वर्ष मुनि)मै विवाह हुने गरेको पाइएको छ। 

विकसित मुलुकहरुमा महिला र पुरुषले विवाह गर्ने औसत उमेरको अन्तर पनि न्यून देखिन्छ। विकासशील राष्ट्रहरु विशेषत: अफ्रिका र एसियाका मुलुकहरुमा विवाह छिटो हुने र महिला र पुरुषको विवाह गर्ने उमेरको अन्तर बढी हुने गरेको पाइएको छ।

अध्ययनमा समेटिएका ८३ मुलुकमध्ये महिला-पुरुषबीच सबैभन्दा कम उमेर अन्तर भएको मुलुक आयरल्याण्ड रहेको छ। आयरल्याण्डमा पुरुष र महिलाले पहिलो विवाह गर्ने औसत उमेरको अन्तर एक वर्षमात्र पाइएको छ। त्यसपछि जापानमा एक वर्ष तीन महिनाको फरक पाइएको छ।

महिला र पुरुषले विवाह गर्ने उमेरमा सबैभन्दा बढी फरक सेनेगलमा पाइएको छ। सेनेगलमा महिला-पुरुषबीच सात वर्ष आठ महिनाको फरक पाइएको छ। त्यस्तै मालीमा सात वर्ष एक महिना, मोरक्कोमा छ वर्ष नाै महिना र अल्बानियामा छ वर्ष दुई महिनाको अन्तर देखिन्छ। अफ्रिकी मुलुकहरुमध्ये रुवाण्डमा सबैभन्दा कम दुई वर्ष छ महिनाको अन्तर पाइएको छ।

महिला-पुरुषबीचको उमेरमा न्यून अन्तर विशेषत: सामाजिक-आर्थिक अवस्था राम्रो भएका र उच्च वर्गमा देखिन्छ। विकासशील राष्ट्रहरु र आर्थिक रुपमा कमजोर तथा परम्परागत मागी विवाह प्रचलनमा रहेका मुलुकहरुमा यस्तो अन्तर बढी हुने गरेको पाइएको छ।

यस्तो छ तथ्यां‍क:

(स्टेस्टिटा डटकममा आधारित) 

प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८  ०७:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्रीको अभिव्यक्ति दशगजा अतिक्रमणसँग सम्बन्धित छन् : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री खनालले गराए भारत भ्रमणबारे संसद्लाई जानकारी, हर्क साम्पाङले जनाए आपत्ति
इतिहासकै ठूलो वित्तीय अपराधको छानबिन भइरहेकाले ममाथि हिलो छ्यापियो : अर्थमन्त्री वाग्ले
सम्बन्धित सामग्री
इजरायलको हमलापछि तेहरानको हवाई क्षेत्र बन्द इजरायली सेनाले दाबी गरेअनुसार अधिकांश मिसाइलहरूलाई बिचमै नष्ट गरिएको थियो। यद्यपि उत्तरी इजरायलमा धेरै विष्फोटका आवाजहरू सुनिएका थिए... सोमबार, जेठ २५, २०८३
दूषित खानाले वार्षिक १५ लाखको मृत्यु : विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले सार्वजनिक गरेको नयाँ प्रतिवेदनअनुसार पाँच वर्षमुनिका बालबालिकाहरू दूषित खानाबाट हुने रोगको उच्च जोखिममा छन् । विश्व जनसङ्... आइतबार, जेठ २४, २०८३
दुई इरानी ड्रोनलाई गोली हानेर खसालेको अमेरिकाको दाबी 'आज पहिले मध्यपूर्वमा रहेका अमेरिकी सेनाले स्ट्रेट अफ होर्मुजमा अन्तर्राष्ट्रिय समुद्री यातायातलाई खतरा पुर्‍याउने दुई इरानी ड्रोनहर... आइतबार, जेठ २४, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्रीको अभिव्यक्ति दशगजा अतिक्रमणसँग सम्बन्धित छन् : परराष्ट्रमन्त्री बुधबार, जेठ २७, २०८३
परराष्ट्रमन्त्री खनालले गराए भारत भ्रमणबारे संसद्लाई जानकारी, हर्क साम्पाङले जनाए आपत्ति बुधबार, जेठ २७, २०८३
इतिहासकै ठूलो वित्तीय अपराधको छानबिन भइरहेकाले ममाथि हिलो छ्यापियो : अर्थमन्त्री वाग्ले बुधबार, जेठ २७, २०८३
प्रतिपक्षीद्वारा प्रधानमन्त्रीको लिखित स्टेटमेन्ट माग बुधबार, जेठ २७, २०८३
प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्‍यो बुधबार, जेठ २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
महावीर पुन मन्त्री बन्दै मंगलबार, जेठ २६, २०८३
कांग्रेसले संसदमा किन गर्‍यो पाँच मिनेट माैनधारण ? मंगलबार, जेठ २६, २०८३
यि हुन् मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णयहरू मंगलबार, जेठ २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्