काठमाडौं– नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप ८१ जनाको मृत्यु भएको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको प्रेस ब्रिफिङमा देशका विभिन्न भागमा पछिल्लो २४ घन्टामा थप ८१ जनाको कोरोनाको कारण मृत्यु भएको जानकारी दिइयो।
यससँगै कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा ८ हजार १७९ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।