बेनी, म्याग्दी- म्याग्दीको बेनीमा अचेत अवस्थामा भेटिएका बिरामीको उपचारका क्रममा बेनी अस्पतालमा मृत्यु भएपछि आफन्त खोजी गर्न तनाव भएको छ।
बेनीको कर्मचारी मिलन केन्द्र नजिक सडकमा अचेत अवस्थामा भेटिएका अन्दाजी ४० वर्षीय पुरुषलाई स्थानीयवासीको सहयोगमा प्रहरीले उद्धार गरी अस्पतालमा उपचारका लागि लगेको थियो।
गत शुक्रबार बिहान अस्पतालमा पुर्याए पनि उपचारकै क्रममा आइतबार दिउँसो अस्पतालका चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं प्रवक्ता दीपक महत क्षत्रीले बताए। अचेत अवस्थामा अस्पतालमा पुर्याइएका बिरामी निमोनियाले ग्रसित भए पनि चिकित्सकले उपचारको प्रयास गरेको बेनी अस्पतालका डा नवराज बस्ताकोटीले बताए।
डा बस्ताकोटीले अचेत अवस्थामै थप उपचारका लागि पोखरा लैजाने प्रयास गरिए पनि बिरामीको अचेत अवस्थामै मृत्यु भएको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।