काठमाडौं- पर्साको वीरगञ्जबाट लुटपाट र चोरीमा संलग्न तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पर्सा जगरनाथपुर गाउँपालिका वडा नं.६ बस्ने वर्ष १९ को मुन्ना कुमार राम, वीरगञ्ज महानगरपालिका वडा नं.१६ बस्ने वर्ष १९ को निरज नट र सोही स्थानमा बस्ने बर्ष १९ को युवराज राय रहेको प्रहरीले जनाएको छ।
वीरगञ्ज महानगरपालिका वडा नं.११ श्रीपुर बस्ने प्रकाश रौनियारको घरबाट ल्यापटप तथा मोबाइल लगायतका सामान चरी भएपछि अनुसन्धान गर्ने क्रममा प्रहरीले रामको घरमा तलासी लिएको थियो। त्यसक्रममा चोरी भएको ल्यापटप, मोबाइल फेला परेको प्रहरीले जनाएको छ।
यसैगरि जेठ २५ बीरगञ्ज महानगरपालिका वडा नं. ११, श्रीपुर बस्ने वर्ष ४५ की सकुन्तला मेहताले वीरगञ्ज वडा नं. ८ घण्टाघरस्थित तरकारी बजारमा तरकारी किन्दै गर्दा घाँटीमा लगाएको सुनको सिक्री लुट्ने वडा नं.१६ बस्ने वर्ष १९ को निरज नट र सोही स्थानमा बस्ने बर्ष १९ को युवराज रायलाई तत्कालै अस्थायी प्रहरी पोष्ट घण्टाघरको टोलीले सिक्रीसहित नियन्त्रणमा लिएको थियो।
उनीहरुसहितको समूह विगतदेखि नै पर्सा जिल्लाका विभिन्न स्थानमा भएका सुनको सिक्री लुट्ने घटनाहरूमा संलग्न भएको खुल्न आएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरुलाई चोरी मुद्दामा सोही मितिमै पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान तथा समूहमा रहेका अन्य व्यक्तिहरूको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।