• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

महान्यायाधिवक्ताको भूमिकाले न्यायालय दुःखद् अवस्थामा पुग्यो, यही इजलासलाई निरन्तर राखेर सुनुवाइ गर्नुपर्छ 

गिरिशचन्द्र लाल बुधबार, जेठ २६, २०७८  १०:११
1140x725

प्रतिनिधि सभा विघटनको मुद्दामा अहिले पेचिलो बहस भइरहेको छ। अदालतदेखि सडकसम्म यसको बहस भएको छ।पछिल्लो पटक सरकारका तर्फवाट जसरी न्यायाधीशमाथि बहस गरियो यसले झन् यो मुद्दा गिजोलेको र अदालतलाई झन् विवादित बनाउने काम गरेको छ।

पहिलो पटक गठन भएको संवैधानिक इजलासमा निवेदकहरुले दुई न्यायाधीशहरु तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि प्रश्न उठाए। त्यसको काउन्टरमा जसरी सरकारी पक्षले वरीयताक्रम अनुसार तोकिएका न्यायाधीशमाथि प्रश्न उठाउनुभयो यो कुराले न्यायालयको गरिमा घटाउन महान्यायाधिवक्ताको भूमिका देखियो। 

यो कुरालाई अहिले अनावश्यक रुपमा वढाउने काम भइरहेको छ। संविधानको धारा १३७मा इजलास कसलाई र कसरी भन्नेबारे सर्वोच्च अदालतका प्रधानन्यायाधीशको अधिकार र प्रयोग गर्ने प्रष्ट उल्लेख  छ। उक्त धाराले तीनवटा कुरा प्रष्ट भनेको छ। संवैधानिक इजलास प्रधानन्यायाधीशले अध्यक्षता गर्ने प्रष्ट छ।

न्यायपरिषद्को सिफारिसमा चार जना न्यायाधीश हुने भनिएको छ। यसरी त्यहाँ रहने न्यायाधीश न्याय परिषद्ले सिफारिस गरेका व्यक्ति हुन् भन्ने व्यववस्था गरिएको छ। विषयविज्ञ वा अन्य जुनसुकै आधारमा तोक्ने हो। वरीयतालाई अनदेखा गर्नु पर्छ भन्ने छैन। मुद्दाकालागि विज्ञ व्यक्तिहरुलाई प्रधानन्यायाधीशले तोक्नुपर्ने छ। यसमा समस्या आउनुपर्ने कारण मैले देखेकै छैन।

यसको मुख्य जड भनेको नेकपा विवादबारेको फैसला हो। अहिले जति पनि समस्या देखिएका छन् ती त्यसैको ‘बाइप्रोडक’ नै हो। 

दुई जना न्यायाधीश ईश्वर खतिवडा र आनन्द मोहन भट्टराईले पनि यहीँ कुरा भन्नु भएको थियो। यसरी दुई जना न्यायाधीश तेज बहादुर केसी र बम कुमार श्रेष्ठमाथि प्रश्न उठिरहेको अवस्थामा आफूहरु यो बेञ्चमा नबस्ने घोषणा गर्नु भएको थियो। यो स्वभाविक हो । त्यसकारण कुनै परिस्थितिमा बेञ्चमा बस्छु वा बस्दिन भन्नु त स्वयं न्यायाधीशको विचार हो। यो विवाद निरुपण भएर नयाँ वरीयताक्रम अनुसार इजलास गठन भयो। अहिलेको नयाँ परिस्थितिमा भने उहाँहरु बेञ्चमा बस्न मान्नुभयो। त्यसैले उहाँहरुमाथि विवाद उठाइराख्नु पर्ने कुनै कारण मैले त देखेको छैन।

राय लेखेकै आधारमा ‘रिक्युजल’ हुँदैन। इजलासमा जुन राय न्यायाधीशद्वय कार्की र भट्टराईले दिनु भयो त्यो त मुद्दामा प्रवेश गरेकै छैन। इजलासमा बस्ने कि नबस्ने मात्र कुरा आएको हो। मुद्दाको तथ्यमा त बहस भएको छैन। त्यसको त सुनुवाइ हुन बाँकि नै छ। अनि उहाँहरु कसरी त्यसमा राय व्यक्त गर्नुहुन्छ। बेञ्चमा बस्ने नबस्ने सवालमा मात्र दुई न्यायाधीशहरुले परिस्थिति देखाएर बाहिरिने निर्णय गर्नु भएको हो। 

महान्यायाधिवक्ताको उपस्थिति कसरी र किन?

Ncell 2
Ncell 2
nimb
nimb

यसरी विवाद चल्दै गर्दा आइतबार जसरी बहस भयो यो न्यायपालिकाका लागि राम्रो पक्कै भएको छैन। यहाँ सबैभन्दा पहिले के विचार गरिनुपर्ने कुरा छ कि पहिलो सुनुवाइ नै नभएको मुद्दामा महान्यायाधिवक्ताको उपस्थिति किन भयो? महान्यायाधिवक्ताको हैसियत के हो? महान्यायाधिवक्ता भनेको त राज्यको पो महान्यायाधिवक्ता हो। त्यो कसैको व्यक्तिगत वकिल होइन। त्यो त एउटा संस्था हो। वकालतनामा लेखाएर महान्यायाधिवक्ता बहसमा आउँदैनन्। मेरो पक्ष फलानो वा मेरो विपक्ष फलानो भनेर महान्यायाधिवक्ताले बहस गरेको इतिहास पनि छैन। प्रधानमन्त्रीबाट नियुक्ति भएको होला तर, नियुक्त हुँदैमा उ सरकारको वकिलमात्र हुँदैन ।  सरकारी वकिल भनिन्छ तर महान्यायाधिवक्ता न्यायका लागि आउने व्यक्ति हो। 

झन् यो मुद्दामा त महान्यायाधिवक्ताको भूमिका प्रश्न उठाउने अवस्थामा देखिएको छ। सरकार रिट निवेदक त होइन। सरकार त जवाफ दिन जानुपर्नेमा निवेदक भन्दा अघि वढेर न्यायाधीश  छान्ने बहस सरकार पक्षवाट जसरी भयो यसले न्यायमा एकप्रकारको अवरोधको अवस्था भयो। कुनै व्यक्ति न्याय माग्न अदालत आएको छ भने त्यसलाई न्याय कसरी दिने भन्नेमा महान्यायाधिवक्ताको बहस केन्द्रित हुनुपर्ने थियो। उहाँ सर्वोच्च अदालतको न्यायाधीश हैसियत बराबरको  व्यक्ति हो। उहाँले पनि त्यही भूमिका निभाउने अपेक्षा गरिन्छ।

महान्यायाधिवक्ताले त राज्यको प्रतिनिधित्व गरिरहेको हुन्छ। उसको हैसियत पक्ष र विपक्षको भन्दा माथि हुनुपर्छ।  सरकार यो मुद्दामा रिट निवेदक होइन। रिट निवेदकले जुन मुद्दाहरु उल्लेख गरेर अदालतमा आएर न्यायाधीशको स्वार्थ बाझिन्छ कि भनी आशंका गरे उनीहरुलाई यो हक हु्न्छ। तर महान्यायाधिवक्ताले पनि त्यसलाई टक्कर दिने तर्क गर्न मिल्दैन। मैले जानेबुझे अनुसार महान्यायाधिवक्ता रमेश बडाल वकालतमा राम्रै छवि भएका व्यक्ति हुन्। म सर्वोच्च अदालतमा न्यायाधीश रहँदा बडालका धेरै तर्कहरु सुनेको छु । कतिमा सहमत भएँ होला कतिमा असहमत। 

महान्यायाधिवक्तालाई यतिसम्मको हक हुन्छ कि मन लागेन भने सरकारले गरेका कामको सर्वोच्चमा डिफेन्स गर्दिनसम्म भन्न सक्छ। यसकारण उहाँले यो कुरा मनन गरेर अब बेञ्चमा त्यहीँ उच्च हैसियतनका साथ आफूलाई प्रस्तुत गर्नुहुन्छ। 

Xtrem

Xtrem

विवादको कारण नेकपाबारेको फैसला

अहिले सुरु भएको विवाद मेरो विचारमा पनि नेकपा विवादमा भएको फैसला नै हो। नेकपा विवादमा ऋषि कट्टेलको निवेदनमा जुन फैसला भयो त्यसले दोस्रो पटक प्रतिनिधि विघटन गराएकै हो। यस विषयमा जो नेकपामा संलग्न थिए ती मानिसहरु नै निवेदक भएर सर्वोच्च आएकाले यो मुद्दासँग न्यायाधीशहरु केसी र श्रेष्ठको सम्वन्ध देखिएको हो।

निवेदकहरुले गरेको बहसमा कतै पनि दुई न्यायाधीश नहटे हामी बहस गर्दैनौं भनेको मैले सुनेको छैन। उनीहरुले खालि दुई न्यायाधीशहरुको सम्वन्ध पुरानो मुद्दामा देखियो र यो पनि त्यहीँ विवादका कारण भएकाले प्रश्न रहेको छ भनेका हुन्। यसरी प्रश्न उठाउने अधिकार निवेदकलाई हुन्छ।  न्याय मागेर अदालत पुगेको व्यक्तिलाई स्वच्छ न्याय हुन्छ कि हुँदैन भनेर चासो दिने र कुनै न्यायाधीशको सम्बन्ध देखिन्छ भने बाहिर यस्ता प्रश्न छन् भनेर इजलासमा सचेत गराउने अधिकार हुन्छ। यही अधिकार अन्र्तगत सुरुमा दुई न्यायाधीशमाथि प्रश्न उठेको देखिन्छ। 

अहिले जुन वातावरण बनेको छ यो राम्रो होइन। न्यायमा सवैले विश्वास गर्नुपर्ने हुन्छ। सरकारले गरेको काम न्याय सम्वत् छैन भनेर गएको निवेदनमा जसरी बहस भयो यसले अदालतलाई निकै अप्ठ्यारोे अवस्थामा पुर्‍याएको छ। धारा ७६को उपधारा ५ सँग सम्वन्धित मुद्दामा जसरी न्यायाधीशमाथि बहस भयो यो दुःखद् छ। यो कसैको घर जग्गाको मुद्दा होइन। संस्थासँग सम्बन्धित कुरा हो। प्रधानमन्त्री संस्था हो। व्यक्तिगत मुद्दा होइन। त्यसैले यसमा जसरी आइतबार बहस भयो यसले न्यायलयलाई हानी गरेको छ। 

यही इजलास  निरन्तर अघि वढ्नुपर्छ 

अवको समाधानको विकल्प अरु देखिँदैन। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले अहिले वरीयताक्रम अनुसार तोकेका न्यायाधीशहरुकै इजलास निरन्तर राखेर सुनुवाइ अघि वढाउनु पर्छ। 

यो इजलाशमा चिन्ता गर्नुपर्ने अवस्थामा छैन। जो न्यायाधीशहरु छन् ती विषयविज्ञ छन्। वहाँहरुको पुरानो मुद्दामा संलग्नता छैन। पहिला विचार पनि व्यक्त गरेका छैनन्। अनि यो भन्दा के चाहिने हो? सवै पक्षको कुरा सुनियो अव सुनुवाइ अघि वढ्छ भनेर सवै न्यायाधीशले एकमत राख्दै यसलाई सुनुवाइमा लगेर टुङ्गोमा पुर्‍याउनु् पर्छ।

सर्वोच्च अदालतमा २५ हजार भन्दा धेरै मुद्दा छन् ती सवैलाई न्याय दिनुपर्ने भएकाले एउटै मुद्दामा महिनौसम्म बहस गरेर अल्झने अधिकार प्रधानन्यायाधीशलाई छैन। सर्वोच्च अदालतमा पेश भएको एकजना सर्वसाधरणको मुद्दा र यो मुद्दा न्यायको रोहमा बराबर हो। त्यसैले यसलाई चै महिनौ दिने तर एउटा अन्यायमा परेर आएको नागरिकको मुद्दा चै वर्षोसम्म सुनुवाइ नगर्ने हुनुहुँदैन। यसलाई तत्काल इजलास राखेर निरन्तर सुनुवाइमा लग्दै निकास दिनु पर्छ। 

(लाल सर्वोच्च अदालतका पूर्व न्यायाधीश हुन्)

प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  १०:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ
मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधबार, असोज ७, २०८३
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ बुधबार, असोज ७, २०८३
मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई बुधबार, असोज ७, २०८३
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म बुधबार, असोज ७, २०८३
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्