काठमाडौं- नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार नाघेको छ।
पछिल्लो २४ घन्टामा थप १ सय ८ जना कोरोना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ हजार नाघेको हो।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा देशका विभिन्न भागमा थप १ सय ८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। यससँगै नेपालमा थप ८ हजार ९८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा ५ हजार १५३ जना संक्रमित थपिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।