• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

के नेपालमा खोप उत्पादन हुन सक्छ?

कमला गुरुङ मंगलबार, जेठ २५, २०७८  १४:०६
1140x725

काठमाडौं- कुनै पनि देश वा विश्वमा जब महामारी फैलन्छ, तब खोपको चर्चा सुरु हुन्छ। त्यसपछि नै रोगको रोकथाम तथा नियन्त्रणका लागि नयाँ खोपको खोजी गरिन्छ। 

विश्वलाई त्रसित बनाएको कोरोनाविरुद्धको लडाईमा खोपलाई महामारी रोकथाम तथा नियन्त्रणका लागि बलियो अस्त्र बनाएका छन्। कोरोना महामारी फैलिरहेका बेला धेरै देश, संघ संस्था, व्यक्ति र वैज्ञानिकहरु यसविरुद्धको खोप आविष्कारका लागि दिनरात खटिरहेका छन्। 

केही देशहरुले त कोरोना महामारीपछि यसको खोपको खोजी गरे र बनाए पनि। हाम्रै छिमेकी देश चीन, भारत र पाकिस्तानले समेत कोभिडविरुद्धको खोप बनाएका छन्। धेरै विकसित देशले भ्याक्सिन बनाएर प्रयोगमा समेत ल्याइसकेका छन्। अन्य राष्ट्रहरु पनि कोभिड १९ विरुद्धको खोप बनाउनका लागि यसको सम्भावना बारे अध्ययन गर्दै बलियो प्रयासमा जुटेका छन्। 

खोप एउटा जैविक उत्पादन हो, जसको प्रयोगले व्यक्तिको सम्बन्धित रोगविरुद्ध लड्न सक्ने क्षमतामा वृद्धि गर्छ र रोगको नियन्त्रण, रोकथाम निवारण र उन्मूलन गर्नसमेत सहयोगी हुन सक्छ। 

विश्वका केही राष्ट्रहरुले कोभिड १९ विरुद्धको खोप बनाइरहँदा नेपालमा पनि यसको सम्भावना के कति छ भन्ने विषयमा धेरैको चासो देखिन्छ। तर, नेपालमा हालसम्म कुनै पनि किसिमको भ्याक्सिन भने बन्न सकेको छैन। 

हुन त नयाँ रोग र त्यसविरुद्धको खोप पत्ता लगाउनु आफैंमा चुनौतीपूर्ण कार्य पनि हो। कुनै पनि रोग विरुद्धको खोप बनाउन ठूलो मात्रामा लगानी, ठूलो बजार अनि सोही अनुसार नयाँ प्रविधि र दक्ष जनशक्तिको आवश्यकता पर्ने बताउँछन् नेपाली औषधि उत्पादक। यी महत्वपूर्ण पाटो बिना खोपको परिकल्पना पनि गर्न नसकिने उनीहरुको भनाइ छ। 

त्यसो भए नेपालमा खोप बनाउन सकिने कुनै सम्भावना छैन त? यही प्रश्न हामीले नेपालका स्वदेशी औषधि उद्योगहरुलाई गर्‍यौँ। उनीहरु सबैको एउटै उत्तर थियो, ‘सम्भव छ तर सहज छैन।’

देउराली जनता फर्मास्युटिकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्मा सरकारको सहयोगी नीति भए स्वदेशमा खोप बनाउन सकिने बताउँछन्। तर खोप बनाउनका चाहिने प्रविधि नेपालमा छैन। खोपका लागि बजार निकै सानो रहेको उनको भनाइ छ।  
उनी भन्छन्, ‘सरकारको सहयोगी नीति हुनुपर्‍यो। खोप त बनाउन सकिन्छ। तर बजार सानो छ। खोप बनाउन चाहिने प्रविधि नेपालमा छैन।’

Ncell 2
Ncell 2
nimb
nimb

अन्तर्राष्ट्रिय बजारमा केही उत्पादकको एक छत्र राज भएकाले पनि खोप बनाएपनि प्रतिद्धन्द्धी हुन चुनौतीपूर्ण रहेको उनले बताए। उनका अनुसार खोप बनाउन चाहिने जनशक्ति र प्रविधि नेपाल भित्र्याउन सकिन्छ तर सरकारले खुलेरै सहयोग गर्नुपर्छ। सरकारी सहयोग बिना खोप चल्न र टिक्न दुवै नसक्ने उनको भनाइ छ। 

‘संसारमा खोप बनाउने सबै राष्ट्रहरुलाई हेर्‍यौँ भने त्यहाँको सरकारले असाध्यै सहयोग गरेको देखिन्छ। चाहे भारत होस् वा चीन होस्। उद्योगहरुलाई सरकारले ठूलो सपोर्ट गरेको छ’ उनले भने।

सरकारले आफूहरुलाई ठूलो सहयोग नगरेपनि नियमन सहज बनाएर उद्योगधन्दालाई प्रवद्र्धन गरे खोप बनाउन कोशिस गर्न सकिने उनले बताए। नेपालमै खोप बनाउन निकै आवश्यक रहेको उनी आफैँले महसुस गरेका छन्।

आफूहरुले पनि खोप बनाउने विषयमा योजना बनाइरहेको उनले बताए। तर स्वास्थ्य मन्त्रालयको नेतृत्व पटक पटक परिवर्तन हुँदा समस्या हुने गरेको उनको भनाइ छ। उनले भने, ‘हामीले खोप बनाउनका लागि सरकारलाई भनिरहेका छौँ। तर स्वास्थ्य मन्त्रालयमा पनि चाँडो नेतृत्व परिवर्तन भइरहन्छ। एउटालाई बुझायो फेरी अर्को आउनु हुन्छ। बाहिरबाट हेर्दा किन नगरेको होला जस्तो लाग्छ तर साह्रै चुनौतीपूर्ण छ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेपालले खोपको क्षेत्रमा पनि आफ्नो क्षमता वृद्धि गर्नैपर्ने उनी बताउँछन्। सधैभर अन्य देशसँग हारगुहार गर्न नसिकने उनको भनाइ छ। 

नेसनल हेल्थ केयर प्रालिका मार्केटिङ उपाध्यक्ष अजय पाण्डे हाल आफूहरुले विभिन्न इन्जेक्सन बनाउने गरेपनि खोप नै बनाउन निकै चुनौतीपूर्ण हुने बताउँछन्। सरकारले आफूहरुलाई प्रोत्साहन गर्ने हो खोप बनाउन सकिने उनले बताए। 

उनी भन्छन्, ‘हामीले विभिन्न इन्जेक्सन बनाउँछौ। तर खोप भनेको फरक कुरा हो। सरकारले हामीलाई प्रोत्साहन गर्ने हो भने खोप उत्पादन गर्न सकिन्छ। तर यो लामो प्रक्रियाको कुरा हो।’

उनका अनुसार नेसनल हेल्थ केयरले इन्जेक्सन बनाउने सुरुवाती चरण अर्थात् करिब एक दशक अघि प्रविधि र दक्ष जनशक्ति नेपालमा थिएन। त्यो बेला आफूहरुले भारत र चीनमा यहाँबाट जनशक्ति पठाएर तालिम दिइएको उनी सुनाउँछन्। सरकारी सहयोग र प्रोत्साहन बिना खोप उत्पादन असंभवप्राय भएको उनको भनाइ छ। 

खोपमा चाहिने लगानीको हिसाबले हेर्दा स्वदेशी उत्पादकका लागि यो ठूलो चुनौती रहेको उनले बताए। सरकारले विदेशी आयातलाई निरुत्साहित गर्दै स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने आवश्यकता उनी औल्याउँछन्। 

‘अहिलेको अवस्थामा खोप बनाउने कुनै योजना बनाएका छैनौं’ उनले भने, ‘सरकारले विभिन्न किसिमको प्रोत्साहन गर्ने हो भने हामी आँट गर्न सक्छौं। तर यसको लागि लामो समयदेखिको योजना चाहिन्छ।’

नेपाल औषधि उत्पादक संघका अध्यक्ष नारायणबहादुर क्षेत्री नेपालमा हालसम्म कुनै पनि खोप बनाउनका लागि सरकार र स्वदेशी उत्पादक दुवैले पहल नगरेको बताउँछन्। खोप बनाउन चाहिने लगानी, उपकरण तथा प्रविधि, दक्ष जनशक्ति स्वदेशी उत्पादकले व्यवस्थापन गर्न सकेपनि सरकारी प्रोत्साहन बिना सम्भव नरहेको उनले बताए।

बिना अन्तर्राष्ट्रिय बजार नेपाली बजारको लागि मात्र खोप बनाउनु आफैँमा चुनौतीपूर्ण भएको उनले बताए। उनले भने, ‘भारतमा त्यहाँको सरकारले उद्योगहरुलाई ठुलो सपोर्ट गर्छ। त्यहाँ उत्पादन हुने उत्पादकहरुलाई अन्तर्राष्ट्रिय बजारमा लैजान सरकार आफैँले अग्रसरता लिन्छ। तर यहाँ त्यस्तो खालको कुनै योजना नै छैन।’

संघका अध्यक्ष क्षेत्री भारतको उदाहरण दिँदै भन्छन्, ‘भारतमा १७/१८ वटा फरक संस्थाहरु छन्। जसले आफ्नो उद्योगलाई अन्तर्राष्ट्रिय रुपमा कसरी प्रोमोट गर्ने, कहाँ–कहाँ र कसरी लैजाने, बजार खोजिदिने, बजार खोजिदिन सहयोग गर्ने त्यस्तो खालको नीति नै छ।’

खोप उत्पादनका लागि सरकारले नै पहल गर्नुपर्ने उनले बताए। खोप बनाउन कुनै व्यक्ति र उद्योगको मात्र नभई राज्यको पहल हुनुपर्नेमा उनी जोड दिन्छन्। सरकारले आयातलाई पनि निरुत्साहित गर्नुपर्ने उनको तर्क छ। ‘राज्यको महत्वपूर्ण भूमिका हुन्छ। तर यहाँ राज्यको कुनै भूमिका नै छैन भन्दा पनि हुन्छ’ उनले भने। 

यता औषधि व्यवस्था विभाग खोपका लागि दीर्घकालीन योजनाको आवश्यक पर्ने बताउँछ। विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसी स्वदेशमै खोप उत्पादन गर्नु चुनौतीपूर्ण रहेको बताउँदै यसका लागि हाल सरकारको कुनै योजना नरहेको बताउँछन्। 

‘हाल नेपालमा भेटेरिनरीको मात्र भ्याक्सिन छ। मानिसको खोप बनाउनु ठूलो कुरा हो। प्रविधि, लगानीदेखि धेरै योजना चाहिन्छ’ उनले भने, ‘अहिले त तत्काल खोपको कुनै सम्भावना देखिएको छैन।’

केही उद्योगहरुले खोप उत्पादन गर्न रुचि देखाएपनि प्रक्रिया अघि बढ्न नसकेको उनी बताउँछन्। खोप उत्पादनका लागि ठूलो लगानी, प्रविधिको आवश्यक पर्ने भएकाले खोप उत्पादन चुनौतीपूर्ण भएको उनले बताए।

म्याग्नस फर्मास्युटिकल्स प्रालीका बजार निर्देशक सुधिरप्रकाश मास्के खोपका विषयमा अब अग्रसरता लिने समय आएको बताउँछन्। उनले यस विषयमा विभिन्न विदेशी निकायसँग छलफल गरिरहेको जानकारी दिए। 

'विदेशमा बनेका कुनै पनि औषधि नेपालमा कसरी बनाउन सकिन्छ भन्ने विषयमा अब हाम्रो चासो हो। त्यसैले यसलाई अवसरको रुपमा लिएर हामीले नयाँ पाइला टेक्नुपर्छ,' उनले भने, 'यो संकटले के अवसर दिन्छ, त्यसलाई ध्यान दिएर नयाँ भ्याक्सिन, नयाँ औषधि र नयाँ प्रविधि ल्याउने बेला हो यो।'

प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८  १४:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ?
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित
सम्बन्धित सामग्री
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो आईसीसी विश्वकप लिग-२ अन्तर्गत सोमबार ओमानलाई १० रनले पराजित गरेपछि एसीसीले सामाजिक सञ्जालमार्फत नेपालले ओडीआई मान्यता जोगाएको जनाएको... सोमबार, कात्तिक २, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी उनले सशस्त्र प्रहरीका एसएसपी थापालाई अभद्र व्यवहार गरेपछि यो कसुर लागेको थियो। सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार घाइतेमध्ये एक जनाको अवस्था सामान्य छ भने अर्का १४ वर्ष... सोमबार, कात्तिक २, २०८३
ताजा समाचारसबै
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ? सोमबार, कात्तिक २, २०८३
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित सोमबार, कात्तिक २, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्