• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख २४, २०८३ Thu, May 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

के नेपालमा खोप उत्पादन हुन सक्छ?

कमला गुरुङ मंगलबार, जेठ २५, २०७८  १४:०६
1140x725

काठमाडौं- कुनै पनि देश वा विश्वमा जब महामारी फैलन्छ, तब खोपको चर्चा सुरु हुन्छ। त्यसपछि नै रोगको रोकथाम तथा नियन्त्रणका लागि नयाँ खोपको खोजी गरिन्छ। 

विश्वलाई त्रसित बनाएको कोरोनाविरुद्धको लडाईमा खोपलाई महामारी रोकथाम तथा नियन्त्रणका लागि बलियो अस्त्र बनाएका छन्। कोरोना महामारी फैलिरहेका बेला धेरै देश, संघ संस्था, व्यक्ति र वैज्ञानिकहरु यसविरुद्धको खोप आविष्कारका लागि दिनरात खटिरहेका छन्। 

केही देशहरुले त कोरोना महामारीपछि यसको खोपको खोजी गरे र बनाए पनि। हाम्रै छिमेकी देश चीन, भारत र पाकिस्तानले समेत कोभिडविरुद्धको खोप बनाएका छन्। धेरै विकसित देशले भ्याक्सिन बनाएर प्रयोगमा समेत ल्याइसकेका छन्। अन्य राष्ट्रहरु पनि कोभिड १९ विरुद्धको खोप बनाउनका लागि यसको सम्भावना बारे अध्ययन गर्दै बलियो प्रयासमा जुटेका छन्। 

खोप एउटा जैविक उत्पादन हो, जसको प्रयोगले व्यक्तिको सम्बन्धित रोगविरुद्ध लड्न सक्ने क्षमतामा वृद्धि गर्छ र रोगको नियन्त्रण, रोकथाम निवारण र उन्मूलन गर्नसमेत सहयोगी हुन सक्छ। 

विश्वका केही राष्ट्रहरुले कोभिड १९ विरुद्धको खोप बनाइरहँदा नेपालमा पनि यसको सम्भावना के कति छ भन्ने विषयमा धेरैको चासो देखिन्छ। तर, नेपालमा हालसम्म कुनै पनि किसिमको भ्याक्सिन भने बन्न सकेको छैन। 

हुन त नयाँ रोग र त्यसविरुद्धको खोप पत्ता लगाउनु आफैंमा चुनौतीपूर्ण कार्य पनि हो। कुनै पनि रोग विरुद्धको खोप बनाउन ठूलो मात्रामा लगानी, ठूलो बजार अनि सोही अनुसार नयाँ प्रविधि र दक्ष जनशक्तिको आवश्यकता पर्ने बताउँछन् नेपाली औषधि उत्पादक। यी महत्वपूर्ण पाटो बिना खोपको परिकल्पना पनि गर्न नसकिने उनीहरुको भनाइ छ। 

त्यसो भए नेपालमा खोप बनाउन सकिने कुनै सम्भावना छैन त? यही प्रश्न हामीले नेपालका स्वदेशी औषधि उद्योगहरुलाई गर्‍यौँ। उनीहरु सबैको एउटै उत्तर थियो, ‘सम्भव छ तर सहज छैन।’

देउराली जनता फर्मास्युटिकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्मा सरकारको सहयोगी नीति भए स्वदेशमा खोप बनाउन सकिने बताउँछन्। तर खोप बनाउनका चाहिने प्रविधि नेपालमा छैन। खोपका लागि बजार निकै सानो रहेको उनको भनाइ छ।  
उनी भन्छन्, ‘सरकारको सहयोगी नीति हुनुपर्‍यो। खोप त बनाउन सकिन्छ। तर बजार सानो छ। खोप बनाउन चाहिने प्रविधि नेपालमा छैन।’

nimb
nimb
Ncell 2
Ncell 2

अन्तर्राष्ट्रिय बजारमा केही उत्पादकको एक छत्र राज भएकाले पनि खोप बनाएपनि प्रतिद्धन्द्धी हुन चुनौतीपूर्ण रहेको उनले बताए। उनका अनुसार खोप बनाउन चाहिने जनशक्ति र प्रविधि नेपाल भित्र्याउन सकिन्छ तर सरकारले खुलेरै सहयोग गर्नुपर्छ। सरकारी सहयोग बिना खोप चल्न र टिक्न दुवै नसक्ने उनको भनाइ छ। 

‘संसारमा खोप बनाउने सबै राष्ट्रहरुलाई हेर्‍यौँ भने त्यहाँको सरकारले असाध्यै सहयोग गरेको देखिन्छ। चाहे भारत होस् वा चीन होस्। उद्योगहरुलाई सरकारले ठूलो सपोर्ट गरेको छ’ उनले भने।

सरकारले आफूहरुलाई ठूलो सहयोग नगरेपनि नियमन सहज बनाएर उद्योगधन्दालाई प्रवद्र्धन गरे खोप बनाउन कोशिस गर्न सकिने उनले बताए। नेपालमै खोप बनाउन निकै आवश्यक रहेको उनी आफैँले महसुस गरेका छन्।

आफूहरुले पनि खोप बनाउने विषयमा योजना बनाइरहेको उनले बताए। तर स्वास्थ्य मन्त्रालयको नेतृत्व पटक पटक परिवर्तन हुँदा समस्या हुने गरेको उनको भनाइ छ। उनले भने, ‘हामीले खोप बनाउनका लागि सरकारलाई भनिरहेका छौँ। तर स्वास्थ्य मन्त्रालयमा पनि चाँडो नेतृत्व परिवर्तन भइरहन्छ। एउटालाई बुझायो फेरी अर्को आउनु हुन्छ। बाहिरबाट हेर्दा किन नगरेको होला जस्तो लाग्छ तर साह्रै चुनौतीपूर्ण छ।’

नेपालले खोपको क्षेत्रमा पनि आफ्नो क्षमता वृद्धि गर्नैपर्ने उनी बताउँछन्। सधैभर अन्य देशसँग हारगुहार गर्न नसिकने उनको भनाइ छ। 

नेसनल हेल्थ केयर प्रालिका मार्केटिङ उपाध्यक्ष अजय पाण्डे हाल आफूहरुले विभिन्न इन्जेक्सन बनाउने गरेपनि खोप नै बनाउन निकै चुनौतीपूर्ण हुने बताउँछन्। सरकारले आफूहरुलाई प्रोत्साहन गर्ने हो खोप बनाउन सकिने उनले बताए। 

उनी भन्छन्, ‘हामीले विभिन्न इन्जेक्सन बनाउँछौ। तर खोप भनेको फरक कुरा हो। सरकारले हामीलाई प्रोत्साहन गर्ने हो भने खोप उत्पादन गर्न सकिन्छ। तर यो लामो प्रक्रियाको कुरा हो।’

उनका अनुसार नेसनल हेल्थ केयरले इन्जेक्सन बनाउने सुरुवाती चरण अर्थात् करिब एक दशक अघि प्रविधि र दक्ष जनशक्ति नेपालमा थिएन। त्यो बेला आफूहरुले भारत र चीनमा यहाँबाट जनशक्ति पठाएर तालिम दिइएको उनी सुनाउँछन्। सरकारी सहयोग र प्रोत्साहन बिना खोप उत्पादन असंभवप्राय भएको उनको भनाइ छ। 

खोपमा चाहिने लगानीको हिसाबले हेर्दा स्वदेशी उत्पादकका लागि यो ठूलो चुनौती रहेको उनले बताए। सरकारले विदेशी आयातलाई निरुत्साहित गर्दै स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने आवश्यकता उनी औल्याउँछन्। 

‘अहिलेको अवस्थामा खोप बनाउने कुनै योजना बनाएका छैनौं’ उनले भने, ‘सरकारले विभिन्न किसिमको प्रोत्साहन गर्ने हो भने हामी आँट गर्न सक्छौं। तर यसको लागि लामो समयदेखिको योजना चाहिन्छ।’

नेपाल औषधि उत्पादक संघका अध्यक्ष नारायणबहादुर क्षेत्री नेपालमा हालसम्म कुनै पनि खोप बनाउनका लागि सरकार र स्वदेशी उत्पादक दुवैले पहल नगरेको बताउँछन्। खोप बनाउन चाहिने लगानी, उपकरण तथा प्रविधि, दक्ष जनशक्ति स्वदेशी उत्पादकले व्यवस्थापन गर्न सकेपनि सरकारी प्रोत्साहन बिना सम्भव नरहेको उनले बताए।

बिना अन्तर्राष्ट्रिय बजार नेपाली बजारको लागि मात्र खोप बनाउनु आफैँमा चुनौतीपूर्ण भएको उनले बताए। उनले भने, ‘भारतमा त्यहाँको सरकारले उद्योगहरुलाई ठुलो सपोर्ट गर्छ। त्यहाँ उत्पादन हुने उत्पादकहरुलाई अन्तर्राष्ट्रिय बजारमा लैजान सरकार आफैँले अग्रसरता लिन्छ। तर यहाँ त्यस्तो खालको कुनै योजना नै छैन।’

संघका अध्यक्ष क्षेत्री भारतको उदाहरण दिँदै भन्छन्, ‘भारतमा १७/१८ वटा फरक संस्थाहरु छन्। जसले आफ्नो उद्योगलाई अन्तर्राष्ट्रिय रुपमा कसरी प्रोमोट गर्ने, कहाँ–कहाँ र कसरी लैजाने, बजार खोजिदिने, बजार खोजिदिन सहयोग गर्ने त्यस्तो खालको नीति नै छ।’

खोप उत्पादनका लागि सरकारले नै पहल गर्नुपर्ने उनले बताए। खोप बनाउन कुनै व्यक्ति र उद्योगको मात्र नभई राज्यको पहल हुनुपर्नेमा उनी जोड दिन्छन्। सरकारले आयातलाई पनि निरुत्साहित गर्नुपर्ने उनको तर्क छ। ‘राज्यको महत्वपूर्ण भूमिका हुन्छ। तर यहाँ राज्यको कुनै भूमिका नै छैन भन्दा पनि हुन्छ’ उनले भने। 

यता औषधि व्यवस्था विभाग खोपका लागि दीर्घकालीन योजनाको आवश्यक पर्ने बताउँछ। विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसी स्वदेशमै खोप उत्पादन गर्नु चुनौतीपूर्ण रहेको बताउँदै यसका लागि हाल सरकारको कुनै योजना नरहेको बताउँछन्। 

‘हाल नेपालमा भेटेरिनरीको मात्र भ्याक्सिन छ। मानिसको खोप बनाउनु ठूलो कुरा हो। प्रविधि, लगानीदेखि धेरै योजना चाहिन्छ’ उनले भने, ‘अहिले त तत्काल खोपको कुनै सम्भावना देखिएको छैन।’

केही उद्योगहरुले खोप उत्पादन गर्न रुचि देखाएपनि प्रक्रिया अघि बढ्न नसकेको उनी बताउँछन्। खोप उत्पादनका लागि ठूलो लगानी, प्रविधिको आवश्यक पर्ने भएकाले खोप उत्पादन चुनौतीपूर्ण भएको उनले बताए।

म्याग्नस फर्मास्युटिकल्स प्रालीका बजार निर्देशक सुधिरप्रकाश मास्के खोपका विषयमा अब अग्रसरता लिने समय आएको बताउँछन्। उनले यस विषयमा विभिन्न विदेशी निकायसँग छलफल गरिरहेको जानकारी दिए। 

'विदेशमा बनेका कुनै पनि औषधि नेपालमा कसरी बनाउन सकिन्छ भन्ने विषयमा अब हाम्रो चासो हो। त्यसैले यसलाई अवसरको रुपमा लिएर हामीले नयाँ पाइला टेक्नुपर्छ,' उनले भने, 'यो संकटले के अवसर दिन्छ, त्यसलाई ध्यान दिएर नयाँ भ्याक्सिन, नयाँ औषधि र नयाँ प्रविधि ल्याउने बेला हो यो।'

प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८  १४:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
शङ्कर पोखरेलको कटाक्ष : संकटको समयमा निराशा र पलायन कायरहरूको बाटो हो
‘सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छ’ : सञ्चार मन्त्री तिमिल्सिना
‘संवैधानिक व्याख्या र बहुमतबारे सर्वोच्चको निर्णय सबैले मान्नुपर्छ’: विश्वप्रकाश शर्मा
सम्बन्धित सामग्री
‘सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छ’ : सञ्चार मन्त्री तिमिल्सिना गोरखापत्र प्रकाशनको १२६औँ वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रममा उनले सञ्चारमाध्यमप्रति नागरिकको अपेक्षा र विश्वासलाई केन्द्रमा राख... बिहीबार, वैशाख २४, २०८३
तीन दिनपछि खुल्यो बीपी राजमार्ग अस्थायी ‘डाइभर्सन’ बनाएर यो मार्गमा आज बिहानदेखि सवारी आवागमन खुलेको हो । बिहीबार, वैशाख २४, २०८३
इजरायलस्थित नेपाली राजदूतावासले भन्यो-‘अनौपचारिक रूपमा विप्रेषणको कारोबार नगर्नू’ त्यहाँस्थित दूतावासले बुधबार सूचना जारी गरी इजरायल तथा साइप्रसमा रही कसैले त्यस्तो काम कारोबार गरेको भए त्यस्तो कार्य गर्ने, गराउनेक... बिहीबार, वैशाख २४, २०८३
ताजा समाचारसबै
शङ्कर पोखरेलको कटाक्ष : संकटको समयमा निराशा र पलायन कायरहरूको बाटो हो बिहीबार, वैशाख २४, २०८३
‘सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छ’ : सञ्चार मन्त्री तिमिल्सिना बिहीबार, वैशाख २४, २०८३
‘संवैधानिक व्याख्या र बहुमतबारे सर्वोच्चको निर्णय सबैले मान्नुपर्छ’: विश्वप्रकाश शर्मा बिहीबार, वैशाख २४, २०८३
सुनचाँदीको मूल्य बढ्यो बिहीबार, वैशाख २४, २०८३
तीन दिनपछि खुल्यो बीपी राजमार्ग बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
ओलीले फिर्ता गरे दोहोरो सुविधाको गाडी बिहीबार, वैशाख २४, २०८३
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू बुधबार, वैशाख २३, २०८३
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त बुधबार, वैशाख २३, २०८३
संवैधानिक परिषद् बैठक आज, प्रधानन्यायाधीश सिफारिस मुख्य एजेन्डा बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्