काठमाडौं– आगामी बजेटमार्फत नगरबासीलाई राहत र सहुलियत दिइने काठमाडौं महानगरपालिकाले जनाएको छ।
काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले महानगरको प्राथमिकता फेरिपनि स्वास्थ्य क्षेत्रको कार्यक्रममा नै रहने बताएका छन्। कोभिड– १९ संक्रमणविरुद्ध लड्न रोकथाम र उपचारमा नै कार्यक्रम केन्द्रीत हुने उनको भनाइ छ।
नगर क्षेत्रका संक्रमित तथा निधन भएका परिवारलाई केही सहायता उपलब्ध गराउने उनले बताए।काठमाडौं महानगरको नीति तथा कार्यक्रम र बजेट कोरोनाको कारण व्यापार व्यवसाय, पेशा, रोजगारीमा परेको असरलाई राहत दिनेगरी आउने मेयर शाक्यले बताए।
नगर क्षेत्रमा व्यापार व्यवसायमा लाग्ने कर दस्तुरमा छुट दिनेगरी कार्यक्रम ल्याउन लागेको मेयर शाक्यको भनाइ छ। महानगरका करदातालाई असर हेरेर ८५ प्रतिशतसम्म कर दस्तुरमा छुट दिनेगरी कार्यक्रम आउने उनले जानकारी दिए। यसका साथै काठमाडौं महानगरले गरिररहेका नियमित कामलाई पनि प्राथमिकताका आधारमा वर्गीकरण गरेर योजना बनाइने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।