धनगढी- कैलालीमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दुई युवती र एक युवक रहेका छन्।
धनगढी उपमहानगरपालिका–२ कृष्णनगर टोलबाट उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–२ का २५ वर्षीय सञ्जिप सिंह, २० वर्षीया मैना साउद र ३५ वर्षीया लक्ष्मी भट्ट रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।
उनीहरुको साथबाट प्रहरीले ६ ग्राम १७५ मिलीग्राम ब्राउनसुगर, ६ ट्याबलेट नाइट्रोभेट र लागुऔषध बेचबिखन गर्न राखिएको डिजिटल तराजुसमेत बरामद गरेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।