सांकेतिक तस्वीर
काठमाडौं- काठमाडौंको बौद्धस्थित नयाँबस्तीमा बोरामा प्याक गरेको अवस्थामा शव भेटिएको छ।
मंगलबार विहान बोराबाट बाहिर खुट्टा निस्किएको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। अहिले सो क्षेत्रमा नेपाल प्रहरीको बौद्ध वृत्त र काठमाडौं परिसरको टोली पुगेको छ।
कुकुर ल्याएर स्नाफिङ गराएपछि मात्रै बोरा खोलेर हेरिने काठमाडौं परिसरका एसएसपी अशोक सिंहले बताए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।