काठमाडौं– पश्चिमी–पूर्वी वायु र स्थानीय वायुको मिश्रित प्रभावका कारण देशका केही स्थानमा आशिंक बदली देखिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा जनाएको छ।
महाशाखाका अनुसार अहिले बिहान देशका केही पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।
दिउँसो प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहने महाशाखाको दाबी छ।
प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावनासमेत रहेको महाशाखाको भनाइ छ।
राति पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य स्थानमा आंशिक बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा को सम्भावना रहेको पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।