महोत्तरी- महोत्तरीमा जंगली हात्तीले तीनवटा घर भत्काइदिएको छ। महोत्तरीको गौशला नगरपालिका-१० लक्ष्मीनियामा जंगली हात्ती स्थानीय बस्तीमा पसेर तीन वटा घर भत्काइदिएको हो।
आइतबार मध्यरातमा विश्कर्मा टोलको बस्तीमा हात्ती पसेर त्यहाँस्थित रामएकवाल मण्डल, वीरेन्द्र मण्डल र नरेश मण्डलको घर भत्काएको हो।
राति सुतिरहेको बेलामा कच्ची घरमा हात्तीले आक्रमण गरेको थियो। हात्तीले घर हल्लाउन थालेपछि आफूहरु भागेर ज्यान बचाउन सफल भएको उनीहरुको भनाइ छ। दुईवटा हात्तीले रातको समयमा मण्डल परिवारको फुसको घर भत्काउनुका साथै अन्नपात खाएर र भाँडा–कुँडासमेत कुल्चेर क्षति पुर्याएको पीडित बताएको छ।
हात्तीले तीन घर भत्काउनुको साथै अन्न, भाँडाकुँडासमेत नष्ट पारेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदीप बस्यालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।