काठमाडौं– काठमाडौं महानगरपालिकाले ६० देखि ६४ वर्षका व्यक्तिहरुलाई कोरोनाविरुद्धको पहिलो खोप लगाउनका लागि उमेरसमूह अनुसार मिति तोकेको छ।
महानगरपालिकाको नगर कार्यपालिकाले एक सूचना जारी गर्दै कोभिड–१९ विरुद्धको ६० देखि ६४ वर्ष उमे समूहमा पहिलो मात्राको भेरोसेल खोप लगाउनका लागि जेठ २५ देखि २९ गतेसम्म उमेर समूह अनुसार दिन तोकेको हो।
जसअनुसार जेठ २५ गते ६४ वर्ष उमेर समूहका व्यक्तिलाई खोप लगााइने छ। त्यस्तै २६ गते ६३ वर्ष, २७ गते ६२, २८ गते ६१ र २९ गते ६० वर्ष उमेर समूहका व्यक्तिलाई खोप लगाइने महानगरपालिकाले जनाएको छ।
महानगरले तोकिएको मितिमा मात्र खोप लगाउने कार्य गर्न अनुरोध गरेको छ। त्यस्तै खोप लगाउनका लागि उमेर खुलेको फोटोसहितको सरकारी कागजात र सरकारी कागजात नभएकाको हकमा वडा कार्यालयबाट उमेर खुलेको सिफारिस पत्र ल्याउन अनुरोध गरेको छ। त्यस्तै कोभिड १९ संक्रमण भएका वयक्तिहरुले एक महिना पूरा भएपछि मात्र खोप लगाउन मिल्ने छ।
पहिले भेरोसेल खोप लगाएकाहरुलाई खोप केन्द्रमा दोस्रो खोप नलगाइने काठमाडौं महानगरपालिकाका शहरी स्वास्थ्य विभाग प्रमुख हरिबहादुर कुँवरले जारी गरेको सूचनामा जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।