काठमाडौं- २० पटकका ग्राण्डस्लाम च्याम्पियन रोजर फेडेररले फ्रेन्च ओपन टेनिसबाट नाम फिर्ता लिएका छन्।
शनिबारको खेलपछि स्विस खेलाडी फेडेररले नाम फिर्ता लिएको आयोजकहरूले पुष्टि गरेका हुन्। घुँडामा समस्या रहेका पूर्व विश्व नम्बर एक फेडेररले प्रतियोगिता छाडेको बताइन्छ।
पछिल्लो डेढ बर्षदेखि उनी घुँडाको समस्याबाट पीडित छन् र दुई पटक शल्यक्रिया गरिएको थियो।
शनिबार जर्मनीका डोमिनिक कोएफरविरुद्ध जित हासिल गरेपछि उनले भने ,‘प्रतियोगिता बारे म अन्योलमा थिए। अर्को महिना विम्बलडनको लागि पनि तयारी गर्नुपर्नेछ।’
साढे तीन घण्टा चलेको थियो खेल
कोएफरविरूद्ध जित निकाल्न फेडररले धेरै संघर्ष गर्नुपरेको थियो। उनीहरुबीच साढे तीन घण्टा खेल चलेको थियो।
उक्त खेलमा फेडेररले ६-७ (७-५), ६-७ (३-७), ७-६ (७-४), ७-५ ले जितेका थिए। खेलपछि फेडररले भने,‘मलाई थाहा छैन म अब खेल्न सक्छु कि सक्दिनँ। म यसबारे जतिसक्दो चाँडो निर्णय लिन चाहन्छु।’
फेडेररले अन्तिम १६ मा इटालीका माटियो बेराट्टीनीसँग खेल्ने तय थियो। सन् २०२० को जनवरीमा घुँडाको शल्यक्रिया गरेपछि उनले ग्राण्डस्लाम प्रतियोगिता खेलेका थिएन्। फेडेररले फ्रेन्च ओपनबाट टेनिस कोर्टमा पुनरागमन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।