काठमाडाैं- उपप्रधान तथा सहरी विकास मन्त्री राजेन्द्र महतोकाे अभिव्यक्तिविरूद्व मशाल जुलुस निकाल्न लागेका माधव नेपाल पक्षसम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली र महासचिव आरती लामासहित ११ जना पक्राउ परेका छन्।
महतोले शुक्रबार मन्त्रीको पदभार ग्रहण गर्दै ‘बहुल राष्ट्रिय राज्यको स्थापना लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गरिने’ पार्टीको अजेन्डा भएको बताएका थिए।
उक्त भिडिओ सार्वजनिक भएपछि बानेश्वर चोकमा मन्त्री महताेकाे पुत्ला जलाउँदा जलाउँदै आफूहरुलाई पक्राउ गरिएकाे अध्यक्ष पराजुलीले बताए।
पक्राउ पर्नेमा अखिलका अध्यक्ष पराजुली, महासचिव लामा, सचिव महेश श्रेष्ठ, मेहेना चापागाईं, अनेरास्ववियूका सचिव तपेन्द्र शाही, अशोक थापा, अम्बर पुन, लक्ष्मी क्षेत्री, हर्क बम, आकाश खनाल, युवा संघका स्थायी कमिटी सदस्य मानबहादुर बुढालगायत ११ जना छन्।
पक्राउ परेकाहरुलाई प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लबमा राखिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।