• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

यसरी खुम्चिँदै खुम्चिँदै गए मेरा दशैं

64x64
नेपाल लाइभ शनिबार, असोज १४, २०७४  ११:२०
1140x725

घरबाट खासै टाढा नबसे पनि दशैं मान्न घर जान नपाउने व्यक्तिमध्ये म एक हुँ। दशैंभरि घरमै बसेर रमाइलो गर्ने रहर भए पनि अवसर सबैलाई नहुँदो रहेछ। यसमा धेरैका अनेक कारण हुन सक्छन्। खासमा रोजगारी सबैभन्दा ठूलो कारण बनेर धेरैका लागि तगारो बन्दो रहेछ। त्यसको म पनि एक प्रतिनिधि हुँ।

काठमाडौंबाट काभ्रेको पाँचखाल पुग्न मात्र ४२ किलोमिटरको दूरी छ। सार्वजनिक बसमा गए करिब दुई घन्टा, आफ्नै बाइकमा गए एक घन्टा मात्रको दूरी हो। तर पनि घरमै आनन्दले बसेर दशैं मनाउन नपाएको २० वर्ष नाघिसकेछ। अहिले फर्केर हेर्दा ती दशैं र यी दशैंको तुलना गर्न मन लाग्छ। त्यो बेलाको खुसी, उमंग र उल्लासको तुलना अहिलेका कुनै दशैंसँग हुन सक्दैन। निष्कर्ष यस्तो निस्कन्छ, त्यो दशैं फेरि जीवनमा फर्केर आउँदा पनि आउँदैन।

पहिले काठमाडौं हुँदा पनि दशैंमा नजिकैको घर जान सकिएन। त्यसपछि पोखरा पाँच वर्ष बस्दा छोटो अवधिका लागि दुई पल्ट मात्र पुगियो। अहिले चार वर्षयता अमेरिकाबाट नेपाल फर्कन सकिएको छैन। यसमा विविध कारणले काम गरेका छन्।

दशैं आउनु हप्तादिन अघिदेखि नै गाउँमा लंगुर बुर्जा सुरु भइसक्थ्यो। स्कुलबाट छुटेपछि पाना र इँटामा यता १५, यता १० भन्दै एक सुका (पच्चीस पैसा) लाई दुईटा रेखाको बीचमा राखेर खुब लंगुर बुर्जा खेलिन्थ्यो।

दुई तीन रुपैयाँको हारजितले पनि खुसीको ब्यारो मिटरमा ठूलो तलमाथि पार्थ्यो। आज हारे भोलि जित्छु भन्ने अठोटले आफ्नै मन बुझाइन्थ्यो। कहिले पैसा नभएर अरुले खेलेको हेरेर पनि खेलको धित मारिन्थ्यो। कहिले सुका वा मोहोर सापट लिएर पनि खेल्ने मौका पाउँदा खुब भाग्यमानी ठानिन्थ्यो। त्यही सापटीबाट पाँच, सात रुपैयाँ जित्यो भने त गाउँभरिकै केटाकेटीमाझ चर्चाको पात्र भइन्थ्यो। 

लंगुरबुर्जा मात्र हो र गुच्चा खेल्ने हाम्रो छुट्टै ग्रुप थियो। रमेश, दिनेश, महेश, अञ्जन, दामोदर लगायतका साथीभाई गुच्चाका सहकर्मी थिए। यति खेलिन्थ्यो कि बिहानदेखि बेलुकासम्म घरको आँगन र बारीदेखि खोला किनारसम्म हामी गुच्चामै दिन बिताउँथ्यौं। खुर्रर दौडेर घरमा पुग्ने र मासु चपाउँदै गुच्चा खेल्न हुर्रिंदै कुद्ने त्यो बालापन। त्यतिबेलाको हिसाब अझै कतिपय साथीभाइसँग लेनदेन गर्न बाँकी होला।

स्कुले जीवन छँदासम्म बाबुआमाको हैसियत अनुसार घरायसी वातावरणमा दशैं मनमोहक हुन्थ्यो। चिताएको पुग्ने बेला थियो त्यो। खान र लाउनमा आफ्नो रोजाई र ढिपीले धेरै कुरा पुग्थ्यो। टीका लगाएर मामाघर, बुढो मामाघरबाट दक्षिणा पाइने १०, २० र ५० सम्मका कट्कटे नोटले दशैं उत्पातकै हुन्थ्यो। कसको कति धेरै पैसा भनेर एक अर्कालाई देखाउँदै तुलनाको क्रम चल्थ्यो। त्यही पैसा पनि लंगुर बुर्जामा हारेर रित्तो हात पनि भइन्थ्यो। स्कुल बिदा, लंगुर बुर्जा, गुच्चा, पिङ, छाकैपिच्छे मासु, टीका र दक्षिणासम्म पुग्दा दशैंको माहोलले पूरै जीवन हराभराझैं बनाइदिन्थ्यो।

दाइ भन्थे, ‘घर जालस् नि टीका लगाउन।’ नभन्दै दशैं त टीकाको दिन मात्र जान पाइन्थ्यो। त्यही पनि हतार–हतार एक वा दुई दिनमै फर्कनु पर्थ्यो । यस्तो दशैंको सुरुवात हुन थाल्यो कि न पहिलेजस्तो लंगुरबुर्जा खेल्ने समय मिल्यो न गुच्चामा पूरै दिन बिताउने समय फर्केर आयो।

Ncell 2
Ncell 2
nimb
nimb

स्कुल सकेर कलेज पढ्न काठमाडौं गएपछि भने रोजीरोटीको अल्झोमा स्वतन्त्रता र स्वच्छन्दतामाथि अंकुश लाग्न थाल्यो। त्यसपछि आफुखुसी चल्न र हिँड्न नपाउने वाध्यताको क्रम सुरु भयो। १७ वर्षको उमेरमा घर छाडेर हिँडेपछि जीवनका गोरेटाहरु बांगाटिंगा हुँदै गए। चाहेजस्तो सरल र सोझा रेखा कहिल्यै कोरिएनन् सायद। ती गोरेटा जता गए आफू पनि त्यतै जानुपर्ने अवस्थाले कहाँकहाँ पुर्यायो।

सुरुवातका दुई वर्ष भानिज दाईको दुग्ध डेरीमा दशैंको टीकाकै दिनसम्म दही र दूध बेचेर बस्दा दशैं अलि छोटो हुन पुग्यो। दशैंका दिन जति छुट्यो त्योभन्दा धेरै नरमाइलो अनुभूति भयो।

दाइ भन्थे, ‘घर जालस् नि टीका लगाउन।’ नभन्दै दशैं त टीकाको दिन मात्र जान पाइन्थ्यो। त्यही पनि हतार–हतार एक वा दुई दिनमै फर्कनु पर्थ्यो । यस्तो दशैंको सुरुवात हुन थाल्यो कि न पहिलेजस्तो लंगुरबुर्जा खेल्ने समय मिल्यो न गुच्चामा पूरै दिन बिताउने समय फर्केर आयो। अलिअलि मिलेको समय पनि पूरै तासमा स्तरोन्नति पो हुन पुग्यो। पहिलेको जस्तो सुन्दर दशैं रातभर खेलिने तासमा पनि भेटिन छाड्यो।

त्यसपछि कान्तिपुर एफएममा ७ वर्ष काम गर्दा चाडबाडको पीडा झन् बढ्दै गयो। पत्रिका भए दशैंका केही दिन बन्द हुन्थ्यो। रेडियो कहिलै बन्द नहुने। दशैं वा तिहारजस्ता ठूला चाडमा आफ्नो घर जान सकेसम्म सबैले जोडबल गर्ने नै भए। टाढा घर भएका सहकर्मी वर्ष वर्षको आलोपालो मिलाएर घर जाने एक किसिमको चलन थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पालो परेका सहकर्मी घर जान्थे। पालो नपरेकाहरु पनि काठमाडौंमै भएका आफन्तकहाँ टीका थाप्न जान पाउँथे। नजिक घर भएकालाई भने अलि अप्ठेरा शर्त थिए। म नजिक घर भएको व्यक्तिमा परेको थिएँ। ‘तेरो त नजिकै घर छ, जहिले गए पनि भयो नि’ भन्ने तर्कसामु म छुच्चो अडान लिन चाहन्नथेँ। 

मेरा लागि अष्टमी वा नवमीका दिन घर गए टीका लगाएर तुरुन्तै अरु सहकर्मीलाई पालो दिन आउनुपर्ने शर्त हुन्थ्यो। कि टीकाकै दिन गएर दुई दिन बस्न पाउने अर्को शर्त थियो। दशैंमा सकभर साता वा १० दिन घर बस्न मन लाग्नु जायज हो। तर, त्यो इच्छा जागिरका कारण नाजायत ठहरिन्थ्यो। कुनै वर्ष त आफ्नो निधार दिनभर खाली राखेर घरघरमा टीका र जमारा लगाइँदैछ भनेर समाचार पढेर दशमीको दिन बित्थ्यो। घरमा भने बाबुआमा छोराको बाटो हेरेर बसेका हुन्थे। छोराले समाचार पढेको सुनेर अझै हिँडेको छैन भन्ने थाहा पाउँथे। साँझ पर्न लागेपछि मोटरसाइकल हुँइक्याएर काठमाडौं बाहिरको दशैं भ्याउन घर जानु पर्थ्यो।

पहिले सहपाठी, समकालीन साथीभाइसँगको भेटघाट, तासको खाल, गाउँ तथा बजारको घुमफिरमा रमाएको मन विस्तारै दशैंमा विरक्तिन थालिसकेको थियो। यो जागिर भन्ने अल्झोमा परेपछि दशैं न तिहार कहिलै आनन्दले मनाउन नपाइने रहेछ भन्ने लाग्दै गयो। पाइएन पनि। 

कर्मको रेखा अनुसार काठमाडौं पनि छोडेर पोखराको बास भयो पाँच वर्षसम्म। पहिलेको रेडियो छोडेर रोजगारी नागरिक पत्रिकामा सरेको थियो। त्यहाँ रहँदा पनि दशैं पहिलेको माहोलमा फर्कन पाएन। अष्टमीको दिनसम्म समाचार पठाउनुपर्ने उर्दी जारी हुन्थ्यो केन्द्रबाट। अनि टीकाको भोलिपल्ट कार्य क्षेत्रमा हाजिर हुनु भन्ने आदेश पनि सँगै आएको हुन्थ्यो। पोखरादेखि काभ्रेसम्म आउन पूरै एक दिन, अनि फर्कन अर्को एक दिन। यसले दशैं मान्ने त टीकाको एक दिन मात्रै हुन गयो। पत्रिका तीन दिन बन्द भए पनि आफूले पाउने समय एक दिन न थियो। रेडियोबाट पत्रिकामा सरे पनि अवस्था भने फेरिएन। 

चाडबाडमा हुने कठिन यात्राको झन्झट, बच्चा बोकेर ओहोर दोहोर गर्दाको सास्ती, पारिवारिक प्रतिकुल अवस्था आदि उल्झनमा परेर पोखरा बस्दा दुईटा दशैंमा मात्र घर पुगियो। 
पोखरा छाडेर अमेरिका उडेको चार वर्ष बित्यो अहिले। हरेकपल्ट दशैंमा घर फर्कने योजना बुन्दाबुन्दै चार वटा दशैं यतै बित्न लागे। सुखद संयोग चाहिँ के भने, गएका दुई वर्ष बुबाआमा पनि अमेरिकामै आएपछि दुवै दशैं तुलनात्मक रुपमा रमाइलो हुन पुग्यो। 

यद्यपि गाउँको घर, ती आफन्त, साथीभाई, त्यो लंगुर बुर्जा, तास, घरमै काटेको खसीको मासु, स्कुलको चौरमा हालेको लिंगे पिङ, मामाघरको टीका र दक्षिणा त अमेरिकामा कहाँ पाउनु? यसपालि बुबाआमा पनि यता नहुँदा दशैं खल्लो लाग्दैछ, जुन पहिलो वर्ष अमेरिका आउँदा भएको थियो। 
(अधिकारी अमेरिकाको बोस्टनमा बस्छन्)

प्रकाशित मिति: शनिबार, असोज १४, २०७४  ११:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपालबाट बाहिरियो मनसुन
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित)
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला
सम्बन्धित सामग्री
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि हो ची मिन्ह सिटीमा हजारौँ मानिस सडकमा भेला भएर राष्ट्रिय झण्डाले ढाकिएका कफिनसहितको अन्तिम यात्रामा सहभागी भएका थिए । कतिपयले सेता फ... बुधबार, असोज २८, २०८३
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु स्थानीय बासिन्दाहरू भोजमा सहभागी हुन अर्को गाउँ जाने क्रममा गएराति दुर्घटना भएको हो। भगतान टोलअन्तर्गत रामपुर श्यामचन्द पञ्चायतको मा... बुधबार, असोज २८, २०८३
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण साउदी अरबको पूर्वी प्रान्तमा रहेको विश्वकै ठूलो तेल कम्पनीमध्ये एक अरामकोको प्रशासनिक भवनमा मंगलबार आक्रमण हुँदा सीमित आगलागी भएको छ... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्