एजेन्सी– बलिउड अभिनेत्री आलिया भट्टको मुख्य अभिनय रहेको फिल्म 'राजी'ले भारतीय बक्स अफिसमा सय करोड ग्रसको व्यापार गरेको छ।
सय करोड क्लबमा प्रवेश गर्ने फिल्ममध्ये 'राजी' आलियाको तेस्रो फिल्म हो। यस्तै, महिला पात्रको मुख्य अभिनय रहेका फिल्महरुमध्ये यो फिल्म सय करोड क्लबमा पुग्ने दोस्रो फिल्म बनेको छ।
फिल्मले प्रदर्शनमा आएको १७ दिनमै एक सय करोडको व्यापार गरेको थियो भने अहिलेसम्म १ सय २ करोड कमाइसकेको छ।
फिल्ममा आलिया एक गुप्तचरको भूमिकामा देखिएकी छिन्। फिल्मले समीक्षकबाट पनि राम्रो प्रतिक्रिया पाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।