काठमाडाैं- भारतका महान धावक मिल्खा सिंह अस्पताल भर्ना भएका छन्। काेराेना संक्रमण पुष्टि भएकाे तीन दिनपछि बिहीबार उनी अस्पतालन भर्ना भएका हुन्।
अक्सिजन लेभल कम भएपछि ९१ वर्षीय सिंहलाई चण्डिगढ अस्पतालकाे आईसीयूमा भर्ना गरिएको हाे। उनकाे अवस्था अहिले स्थिर रहेकाे बताइन्छ।
प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार सिंहसँग उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
मोदीले उनी छिट्टै अस्पतालबाट फर्किनेछन् र टोकियो ओलम्पिकमा भाग लिने खेलाडीहरूलाई आशिष र प्रेरणा दिने बताए।
उनका छोरा जीवन मिल्खा सिंहले भने, ‘ यति व्यस्तताका बिच मेरो बुबालाई फोन गर्नु भएकोमा र उहाँको स्वास्थ्य सोध्नु भएकोमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई धेरै धन्यवाद। बुबालाई हिजो अस्पतालमा भर्ना गरिएको थियो। उनको अवस्था राम्रो छ। स्थिर छ।’
सिंहको जन्म २० नोभेम्बर १९२९ मा पाकिस्तानको पञ्जाबमा भएको थियो। त्यसबेला भारत र पाकिस्तान विभाजन भएकाे थिएन। विभाजनपछि सिंह र उनकी बहिनी दिल्ली आएका थिए।
सिंहले २०० मीटर र ४०० मिटर दौडमा धेरै पदकहरू जितेका थिए। सिंह स्वतन्त्र भारतका पहिलो धावक थिए जसले १९६० मा कमनवेल्थ गेम्समा स्वर्ण पदक जितेका थिए।
यस दौडमा उनले ४०० मिटर दाैड केवल ४६.६ सेकेन्डमै पूरा गरेका थिए। सिंहले १९६० काे रोम ओलम्पिकमा ४०० मिटरकाे फाइनलमा उनले दाैड चौथो स्थानमा पूरा गरेका थिए।। उनी भारतीय सेनामा पनि थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।