काठमाडौं– पछिल्लो २४ घन्टामा थप ८ हजार ६ सय ६३ जना कोरोना संक्रमण मुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा नेपालमा थप ८ हजार ६ सय ६३ जनाले कोरोना संक्रमणलाई जितेका हुन्।
पछिल्लो २४ घन्टामा ६ हजार ६ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएका भन्दा संक्रमण निको हुनेको संख्या बढी रहेको छ।
यससँगै ४ लाख ७६ हजार १ सय ३० जनाले अहिलेसम्म कोरोना संक्रमणलाई जितिसकेका छन्। मन्त्रालयका अनुसार आज संक्रमण निको भएको दर ८१.९ प्रतिशत रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।