काठमाडौं– अनलाइनमार्फत तस्करीका मोबाइल र क्यामेराको अवैध कारोबारको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त जनसेवाले सोमबार काभ्रे चौरी देउराली– १ का सुकदेव खरेललाई पक्राउ गरेको हो।
क्यानन कम्पनीको ३ वटा क्यामेरा र एमआई कम्पनीको १२ वटा मोबाइलसहित उनलाई पक्राउ गरिएको डिएसपी मोहन थापाले बताए।
उनले भन्सार छलेर ती सामानहरु बिदेशबाट ल्याएको र अनलाइनमा बिज्ञापन गरी बिक्रि गर्दै आएको प्रहरीको दाबी छ । प्रहरीले उनीमाथि कारबाहीका लागि राजश्व अनुसन्धान विभागमा पठाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।