काठमाडौं- सर्वोच्च अदालतको 'फुलकोर्ट' बैठकले कोरोनाको नयाँ भेरियन्टको संक्रमण तीव्र रुपमा फैलिएकाले जेठ महिनाभरि देशभरका अदालतबाट सम्पादन हुने कार्यहरु सञ्चालन नगर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको 'फुलकोर्ट'को बैठकले जेठ ३१ गतेसम्म जेठ १३ गतेको बैठकले गरेका निर्णय लागू हुने जनाएको छ। जेठ १३ गते बसेको फुलकोर्टले संविधानको व्याख्या लगायत कोडिभ सम्बन्धी र अन्य गम्भीर सरोकारको निवेदनहरु मात्र सुनुवाइ गर्ने निर्णय गरेको थियो।
सर्वोच्चले देशभर निषेधाज्ञा लागू भएपछि सेवा स्थगित गर्ने निर्णय गरेको थियो। त्यस्तै, उच्च अदालत, जिल्ला अदालत, अन्य अदालत र न्यायाधीकरणको काम, कारबाही तथा सेवा प्रवाह एवम् हदम्याद लगायतका विषयमा जेठ १४ गतेको फुलकोर्टको निर्णय अनुसार हुने भनिएको छ।
हालसम्म कोरोनाका कारण दुई न्यायाधीशको मृत्यु भएको छ। काठमाडौं जिल्ला अदालतका बासु श्रेष्ठ र धादिङ जिल्ला अदालतका देवेन्द्र पाैडेल न्यायाधीशको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।