काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्रदयेश त्रिपाठीले नेपालमा दर्ता नै नभएको कोरोनिल औषधि ग्रहण गरेका छन्। पछिल्लो समय भारतमा विवादित रहेको आयुर्वेद संस्था पतञ्जलीले बनाएको १५ हजार कोरोनिल आयुर्वेदिक औषधि मन्त्री त्रिपाठीले बुझेका हुन्।
पतञ्जलीले बनाएको उक्त कोरोनिल औषधि नेपालमा दर्ता नभएको औषधि व्यवस्था विभागले पुष्टि गरेको छ। दर्ता नै नभएको औषधि लिन र वितरण गर्न नमिल्ने विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले बताए। उनले भने, ‘यो कोरोनिल औषधि विभागमा दर्ता भएको छैन। उहाँहरुको प्रक्रियामै छ। तर स्वीकृति पाइसकेको छैन। दर्ता नभएको औषधि वितरण गर्न मिल्दैन।’
यसअघि पनि औषधि व्यवस्था विभागले यो औषधि दर्ताका लागि अनुमति रोकेको थियो। कुनै पनि औषधि बिना दर्ता नेपाल ल्याउन नमिल्ने कानूनी व्यवस्था छ। तर स्वास्थ्य मन्त्रीले नै नेपालमा दर्ता नभएको औषधि ग्रहण गरेको भन्दै बिरोध भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।