• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

धारा ७६ (५) को प्रयोग कसले गर्ने? के यसबाट बन्ने सरकार निर्दलीय हो?

64x64
दुर्गा दुलाल आइतबार, जेठ २३, २०७८  ०७:०३
1140x725

काठमाडौं- संविधानको धारा ७६ को उपधारा (५) बारे अहिले फरक-फरक रूपमा व्याख्या भइरहेको छ। विशेषगरी प्रतिनिधि सभा विघटनको पक्ष र त्यसको विपक्षमा रहेकाहरूले आ-आफ्नो पक्षबाट व्याख्या गरिरहेका छन्।

प्रतिनिधि सभा विघटनको समर्थन गर्नेहरूले यो धारामा राष्ट्रपतिको अधिकार भएकाले अदालतमा प्रश्न उठाउन नपाउने तर्क गरिरहेका छन्। उनीहरूको अर्को तर्क छ- नेकपा (एमाले)का आधा सांसदहरूले शेरबहादुर देउवालाई समर्थन गर्दा निर्दलीय सरकार बन्छ, जुन संविधानले परिकल्पना गरेको बहुदलीय प्रतिस्पर्धात्मक व्यवस्थाको विपरीत हुनेछ।

तर, देउवालाई समर्थन गर्नेहरूले यी सबै तर्क स्वीकार गरेका छैनन्। राष्ट्रपतिको काममा नभइ संविधानको व्याख्याका विषयमा अदालतले न्यायिक पुनरावलोकन गर्न पाउने उनीहरूको तर्क छ। र, उपधारा (५) अनुसारको सरकार गठन गर्दा निर्दलीय नभइ सांसदहरूको अधिकारअन्तर्गत सरकार बन्ने भएकाले यो व्यवस्था प्रतिनिधि सभा बचाउनका लागि राखिएको दाबी उनीहरूले गर्दै आएका छन्।

दोस्रोपटक प्रतिनिधि सभा विघटन भएपछि संविधानको धारा ७६ को उपधारा ५ को व्याख्या यसरी दुई पक्षबाट भइरहेको छ। अघिल्लोपटक पुस ५ गते संसद् विघटन हुँदा संविधानको धारा ७६ को (१), (२) र (७) को धेरै चर्चा, परिचर्चा भएका थिए। फागुन ११ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले फैसला सुनाउँदा पनि यी धाराको व्याख्या गरेको थियो। सर्वोच्चले फैसला गर्दा धारा ७६ को उपधारा (५) को व्याख्या प्रतिनिधि सभा विघटन गर्नसक्छ कि सक्दैन भन्ने अर्थमा गरेको थियो। प्रतिनिधि सभा विघटनको अधिकार ७६ को कुन उपधाराअन्तर्गतको सरकारलाई हुने भनी प्रश्न उठेपछि सर्वोच्चले यसको व्याख्या गरेको थियो। तर, तीन महिनाको अवधिमा दोस्रोपटक भएको प्रतिनिधि सभा विघटन यही उपधाराअन्तर्गत सरकार निर्माणको क्रममा जेठ ७ गते मध्यरातमा भयो।

प्रधानमन्त्री केपी शर्मा ओलीले धारा ७६ को (३) अनुसारको सरकारको नेतृत्वमा रहँदै गर्दा विश्वासको मत पाउने सम्भावना नभएको भन्दै नयाँ सरकारको लागि ‘मार्गप्रशस्त’ गरेको घोषणा गरे। ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा नगई सीधै राष्ट्रपतिलाई अर्को उपधाराको सरकार गठनका लागि आग्रह गरेका थिए। यसरी नयाँ सरकारको प्रक्रियामा २१ घन्टाको अवधि दिँदै राष्ट्रपति भण्डारीले सूचना जारी गरेपछि दुईवटा दाबी पेस भयो। केही घन्टाअघि पत्रकार सम्मेलन गरेर आफूलाई सरकार चलाउन मन नलागेकोदेखि आफूसँग विश्वासको मत नभएको बताएका ओलीले साँझ १५३ जनाको समर्थन रहेको दाबी गर्दै शीतलनिवास पुगेर प्रधानमन्त्रीको दाबी पेस गरे। त्यस्तै, विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित सरकारको दाबी गरे। अन्तत: राष्ट्रपति भण्डारीले दुवैको दाबीलाई अस्वीकार गर्दै प्रतिनिधि सभा विघटन गरेकी थिइन्।

यसरी संविधानको धारा ७६ को उपधारा (५) बमोजिम सरकार दाबी गर्दा विपक्षी गठबन्धनको सरकार ‘निर्दलीय’ हुन्छ भन्ने प्रश्न उठाइएको छ। प्रतिनिधि सभा विघटनको पक्षधरले राष्ट्रपतिलाई उक्त धाराको प्रयोग गर्ने अधिकार रहेकोले राष्ट्रपतिबाट भएको विघटनमाथि अदालतमा प्रश्न उठाउन नपाइनेसम्मका दाबी सार्वजनिक गरेको छ। सर्वोच्च अदालतमा यससम्बन्धी ३० थान रिट दर्ता भएका छन्। विपक्षी गठबन्धनको तर्फबाट १४६ सांसद सर्वोच्च पुगेका छन्। जेठ २३ गतेदेखि यो विवादमा सर्वीच्च अदालतमा बहस हुँदै छ।

कसलाई छ धारा ७६ को उपधारा (५) प्रयोग गर्ने अधिकार? 
अहिले आमरूपमा उठेको प्रश्न हो- संविधानको धारा ७६ को उपधारा (५) कसले प्रयोग गर्ने? राष्ट्रपतिले प्रयोग गर्न पाउने हो कि हैन?

राष्ट्रपतिनिकट व्यक्तिहरूले यो विषयमा अदालतमा मुद्दासमेत नलाग्ने दाबी गर्ने गरेका छन्। राष्ट्रपतिका सञ्चारविज्ञ टीका ढकालले सार्वजनिक सञ्चारमाध्यममा राष्ट्रपतिले यो धारा प्रयोग गरेबापत कुनै मुद्दा नचल्ने दाबी गरेका छन्। अहिले सर्वोच्चमा विचाराधीन मुद्दामा संविधानको व्याख्या हुने तर के आधारमा निर्णय गर्‍यौ भनेर राष्ट्रपतिलाई सोध्न नमिल्ने उनको दाबी छ।

Ncell 2
Ncell 2
nimb
nimb

सर्वीच्च अदालतका पूर्वन्यायाधीश बलराम केसी संविधानको धारा ७६ राष्ट्रपतिले प्रयोग गर्न पाउने धारा भए पनि उपधारा (५) बमोजिम विघटन गर्दा प्रतिनिधि सभाको अधिकार मिच्ने काम भएको बताउँछन्। संविधानको धारा ७६ को उपधाराहरू (१), (२), (३) ले मात्र राष्ट्रपतिलाई स्वतन्त्र रूपमा सरकार बनाउने अधिकार दिएको उनको भनाइ छ। यसरी हेर्दा धारा ७६ को उपधारा (५) को प्रक्रिया पालना गर्दा राष्ट्रपतिले सांसदहरूको निर्णय आफैंले गरेकाले त्यसबाट प्रतिनिधि सभाको अधिकार खोसिएको उनले बताए।

‘सरकार गठनका लागि दुवै पक्षले दाबी पेस गरेपछि आधार हेर्दा राष्ट्रपतिलाई सांसदहरूको बारेमा ‘कन्फ्युजन’ भयो भने तत्काल प्रधानमन्त्रीलाई संसद् बोलाउन निर्देशन दिने र त्यहाँ परीक्षण गरेर त्यसको टुंगोमा पुग्नुपर्ने थियो, त्यसो नगर्दा अहिलेको समस्या आएको हो,’ उनले भने।

संविधानको रक्षक भएकाले राष्ट्रपतिले प्रधानमन्त्री ओलीले विश्वासको मत नपाएको र अघिल्लो दिनसम्म बहुमत नभएको भनेपछि दोस्रो दिन भाग लिन नदिएर दोस्रो दाबीकर्तालाई सरकार बनाउने मौका दिनुपर्ने उनको बुाझाइ छ। ‘यो राष्ट्रपतिले प्रयोग गर्ने धारा हो तर दुरूपयोग गर्न गलत व्याख्या गर्ने होइन,’ पूर्वन्यायाधीश केसीले भने, ‘अहिलेको व्याख्याले प्रतिनिधि सभाको अधिकार खोसेको छ।’

वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले यो राष्ट्रपतिले प्रयोग गर्ने धारा भए पनि प्रतिनीधि सभाको अधिकार खोस्ने कार्य भएको बताए। उपधारा (५) को प्रक्रिया राष्ट्रपतिले आह्वान गर्ने भए पनि त्यसका लागि प्रधानमन्त्रीले पालना गर्नुपर्ने प्रक्रिया पालना नगरेका कारण यो विवाद अहिले अदालतसम्म पुगेको उनको बुझाइ छ। ‘राष्ट्रपतिले प्रधानमन्त्रीलाई उपधारा (३) अनुसारको सरकारमा हुँदा धारा ७७ को प्रक्रिया पूरा गर्न लगाएको र पेस भएका दुवै दाबीलाई प्रतिनिधि सभामा परीक्षण गरेको भए अहिलेको अवस्था आउने थिएन,’ उनले भने। 

प्रतिनिधि सभाले ओलीबाहेकको विकल्प दिने अंकगणित निर्माण भएपछि मिलेमतोमा विघटन भएकाले यो धाराको प्रयोग राष्ट्रपतिले गर्नेभन्दा पनि दुरूपयोग र गलत व्याख्या गरेको देखिएको उनको तर्क छ।

निर्दलीय सरकारको परिकल्पना हो?
धारा ७६ को उपधारा (५) मा ‘उपधारा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नेछ’ भनिएको छ। यो व्यवस्थामा संविधानको धारा ७६ का तीनवटा उपधारा उल्लेख गरिएको छ।

धारा ७६ को उपधारा (१), (२) र (३) अनुसार सरकार गठन हुन नसकेमा एउटा विकल्पको रूपमा उपधारा (५) राखिएको हो। संविधान निर्माणको क्रममा प्रतिनिधि सभाले हरसम्भव अवस्थामा सरकार दिओस् भन्ने उद्देश्यका साथ यो व्यवस्था राखिएको थियो। उपधारा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त नगरेमा उपधारा (५) को प्रक्रिया सुरू गर्ने  यो व्यवस्थामा भनिएको छ। प्रधानमन्त्री ओलीले यही व्यवस्थालाई पालना नगरी ‘जम्प’ गरेको आरोप लाग्दै आएको छ। प्रतिनिधि सभामा ३० दिनभित्र विश्वासको मत लिनुपर्नेमा उनले संसद् नै फेस नगरी राष्ट्रपतिले नयाँ सरकार गठनको प्रस्ताव आह्वान गरेको आरोप रहेको छ।

प्रधानमन्त्री ओलीले आफ्नो दल एमालेका १२१ जना र जनता समाजवादी पार्टी (जसपा) का ३२ जना गरी १५३ जना सांसदको समर्थन रहेको पत्र राष्ट्रपति कार्यालयमा बुझाएका थिए। उक्त पत्रमा ओलीलाई समर्थन गर्ने कुनै पनि सांसदको हस्ताक्षर छैन। उनको विपक्षमा रहेका सांसदहरूको नामसमेत त्यसमा समावेश गरिएको छ। दलको नेताको रूपमा आफ्नो, जसपाका दुईमध्ये एक अध्यक्ष महन्थ ठाकुरको र जसपाको एउटा पक्षले संसदीय दलको नेता चुनेको भनिएका तर अर्को पक्षले अस्वीकार गरेका राजेन्द्र महतोको हस्ताक्षर त्यसमा दाबीका लागि पेस गरिएको छ।

अर्कोतर्फ, नेपाली कांग्रेसका सभापति देउवाले प्रतिनिधि सभाको सदस्यका रूपमा दाबी पेस गरेका थिए। उनले कांग्रेसका ६१ जना सांसदका साथै नेकपा माओवादी केन्द्रका ४९, एमालेका २६, जसपाका १२ र राष्ट्रिय जनमोर्चाको एक जना गरी १४९ जना सांसदको हस्ताक्षर बुझाएका थिए। जसमा दुई दल कांग्रेस र माओवादी केन्द्रको समर्थनपत्र पनि थियो।

उपधारा (५) को सरकारका लागि उपधारा (२) को प्रतिनिधि सभा सदस्य योग्य हुने यसमा उल्लेख छ। कतिपयले यही व्यवस्थालाई व्याख्या गर्दै फेरि उपधारा (२) मा फर्कनुपर्ने तर्क अघि सारेका छन्। उपधारा (२) मा दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बनाउनका लागि बहुमत हुनुपर्ने भनिएको छ। संविधानमा बहुदलीय प्रतिस्पर्धा भनेकाले यो व्यवस्था निर्दलीय हुन नसक्ने उनीहरूको तर्क छ। तर, उपधारा (२) को प्रतिनिधि सभा सदस्य प्रधानमन्त्रीको उम्मेदवारका लागिमात्र योग्य भन्ने यसको मनासाय देखिन्छ। 

सर्वोच्च अदालतका पूर्वन्यायाधीश केसीले पनि यो व्यक्तिकै लागि भनिएको दाबी गरे। यसरी हेर्दा यो सरकार निर्दलीय नभइ स्वतन्त्ररूपमा कुनै व्यक्तिलाई प्रधानमन्त्री बनाउनका लागि राखिएको व्यवस्था देखिन्छ। पूर्वन्यायाधीश केसीले यो व्यवस्था नेपालमा मात्र निर्दलीय वा अन्य भनेर ‘पञ्चायतकालीन धङधङी’ आएको बताए। बेलायततिर यसलाई स्वतन्त्र रूपमा सांसदले सरकार दिने विकल्प भएको व्याख्या हुने भएकाले यसलाई निर्दलीय भन्न नमिल्ने उनको भनाइ छ।

‘यसरी दाबी गर्दा देउवाको दाबी सही ठहर भएमा पनि उनको समर्थनमा दुई दल नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेस छ नि,’ केसीले भने, ‘ओलीले वैधानिकता पाएमा पनि उनको दल एमाले छँदै छ, अनि कसरी निर्दलीय सरकार भन्न मिल्छ?’

वरिष्ठ अधिवक्ता ज्ञवाली पनि संविधान निर्माणको समयमा यो व्यवस्था जानीबुझीकन राखिएको दाबी गर्छन्। संविधान निर्माण गर्दा कुनै एक व्यक्तिको हकमा पनि सरकार बनोस् भनेर यस्तो व्यवस्था राखिएकाले यो निर्दलीय भनेर अहिले व्याख्या गर्न नमिल्ने उनको तर्क छ।

‘दलहरूका लागि उपधारा (१) देखि (३) को व्यवस्था पर्याप्त अभ्यासका लागि राखिएकाले अहिले आएर यो व्यवस्था पनि दलीय हो भनी तर्क गर्नुको अर्थ हुँदैन,’ ज्ञवालीले भने, ‘दलहरूको समर्थनमा सरकार बन्न नसकेकाले प्रतिनिधि सभाका २७२ सांसदमध्ये कुनै एक जनाको नेतृत्वमा सरकार बनाउन बहुमत सांसद तयार हुन्छन् भने बन्न सक्छ भन्ने यसको व्याख्या हो।’

प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  ०७:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
रास्वपाको सचिवालय बैठक घण्टीघरमा जारी बैठक रास्वपाको पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा केहीबेरअगाडि सुरु भएको हो । आइतबार, असोज ४, २०८३
जनताका समस्या सुन्न मेची–महाकाली पैदल यात्रा गर्दै अमरेश आइतबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै मेचीदेखि महाकालीसम्म पैदल यात्रा गर्नेबारे जानकारी दिने क्रममा सांसद सिंहले संविधानमाथि प्र... आइतबार, असोज ४, २०८३
कांग्रेस महाधिवेशनमा सहभागी नरहेकाे पूर्णबहादुरकाे भनाइ, मुद्दा छिटाे टुंग्याउन सर्वाेच्चलाई आग्रह नेपाली कांग्रेसको महाधिवेशन प्रक्रियामा आफू सहभागी नभएको स्पष्ट पार्दै नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा व... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
रास्वपाको सचिवालय बैठक घण्टीघरमा जारी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
जनताका समस्या सुन्न मेची–महाकाली पैदल यात्रा गर्दै अमरेश आइतबार, असोज ४, २०८३
धनकुटामा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु, १० घाइते आइतबार, असोज ४, २०८३
सुनको मूल्य बढ्यो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगन्ज घटना: प्रहरीले सार्वजनिक गर्‍यो पक्राउ परेका दुई जना, गोली चलेको विषयमा मौन शनिबार, असोज ३, २०८३
देवानगञ्ज गोली काण्ड: दुई जना पक्राउ, प्रहरीले गोप्य राख्यो पहिचान शनिबार, असोज ३, २०८३
दुई वर्षअघि सई यादव हत्या प्रकरणका मुख्य अभियुक्त भारतीय नागरिक मोहम्मद कुरवान मन्सुरी प्रहरीकै गोली लागेर पक्राउ शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्