ताप्लेजुङ- ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कोभिड—१९ सङ्क्रमित प्रत्येक व्यक्ति तीन हजार रुपैयाँका दरले भत्ता प्रदान गर्ने भएको छ। यस्तै गाउँपालिकाले कोभिड सङ्क्रमणबाट मृत्यु हुने परिवारलाई रु २५ हजार उपलब्ध गराउने भएको छ।
कोभिड—१९ सङ्क्रमित भएर लामो समयसम्म आइसोलेसनमा बस्ता आर्थिक समस्या आउने भएकाले सो रकम प्रदान गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवी दुम्वापोले बताए। उनले भने, “कोभिड—१९ सङ्क्रमितलाई पौष्टिक आहार फलफूल, चना, अण्डा उपलब्ध गराउने निर्णय गरेका थियौँ। कसैको घरमा गुजारा चलाउनै समस्या भएको छ। त्यसैले नगद उपलब्ध गराइयो भने आफ्नै आवश्यताअनुसार खर्च गर्न सक्ने भएकाले नगद प्रदान गर्ने निर्णय गरिएको हो।”
गाउँपालिकामा सक्रिय कोभिड सङ्क्रमित ३३ जना रहेको र १० जना निको भइसकेको स्वास्थ्य शाखा प्रमुख फुर्वा शेर्पाले बताए। कोभिड सङ्क्रमणबाट एकको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।