झापा- झापाको बिर्तामोड नगरपालिका-९ धौलापुरबाट लागुऔषध ब्राउनसुगरसहित ३ जना पक्राउ परेका छन्।
विशेष सूचनाको आधारमा प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरी टोलीले को ३ प १५३६ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार अर्जुनधारा नगरपालिका-५ का ३० वर्षीय पशुपति राजवंशी, २८ बर्षीय दिपक चौधरी र एक १७ वर्षीय बालकलाई बिहीबार साँझ ७ बजे १ ग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो।
पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।