काठमाडौं– आज सर्वोच्च अदालतको पूर्ण न्यायाधीशहरुको बैठक (फुल कोर्ट) बस्दै छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले शुक्रबारका लागि फुल कोर्ट बोलाएका हुन्।
संवैधानिक इजलास गठनको नियमावली संशोधनसहित कोरोना महामारीका कारण रोकिएका सेवाबारे छलफल गर्न फुल कोर्ट बोलाइएको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ।
सर्वोच्च अदालत बार एसोसिएसनले संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि गठित संवैधानिक इजलासका विषयमा विवाद भएपछि फुल कोर्ट बोलाउन प्रधानन्यायाधीश राणालाई सुझाव दिएको थियो। सर्वोच्च बारका पदाधिकारीहरुसँग बैठकमा राणाले फुल कोर्ट बोलाउने सहमति जनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।