काठमाडौं– नेपालमा पछिल्लो २४ घन्टामा थप ७५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा देशका विभिन्न भागमा थप ७५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो।
यससँगै अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ हजार ६ सय ३० पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।