सांकेतिक तस्वीर
हेटौंडा- मकवानपुरमा विषालु च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी परेका छन्।
मकवानपुरको राक्सिराङ गाउँपालिका–९ खैराङमा विषालु च्याउ खाँदा अशोककुमार प्रजाको परिवार नै बिरामी परेको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार विषालु च्याउ खाँदा बिरामी परेकाहरुको अवस्था अहिले सामान्य छ।
च्याउ खाएपछि बान्ता आउने लगायतका समस्या भएपछि उनीहरुको डन्टारस्थित स्वास्थ्य चौकीमा उपचार गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।