काठमाडौं– कोरोना (कोभिड– १९) का संक्रमितको उपचारलाई आवश्यक अभाव पूरा गर्ने उद्देश्यले महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले तरल अक्सिजन ट्यांक सञ्चालनमा ल्याएको छ।
२० हजार लिटर क्षमताको अक्सिजन ट्यांक सञ्चालनपछि अस्पतालले भोग्नु परेको अक्सिजन अभावको समस्या हल हुने अस्पतालका निर्देशक प्राडा दिनेश काफ्लेले बताए।
त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा आउने कोभिड–१९ का संक्रमितहरूको उपचारलाई केन्द्रित गरी ‘लिक्विड अक्सिजन ट्यांक’ जडान गरी बुधबारबाट सञ्चालनमा ल्याइएको उनले जानकारी दिए।
यस अस्पतालमा पानी आपूर्ति गरेजस्तै अक्सिजन पनि आईसीयू, अपरेसन थिएटरलगायत हरेक वार्ड र कोठामा पाइप प्रणालीबाट नै पठाउने गरिएको निर्देशक काफ्लेले बताए।
अस्पतालमै अक्सिजन ट्यांक सञ्चालनमा आएपछि हामीले बाहिरबाट अक्सिजन ल्याउनुपर्ने समस्या हल भएको उनको भनाइ छ।।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।