काठमाडाैं- जुलाईबाट सुरु हुने टाेकियाे ओलम्पिकमा सहभागिता जनाउन अष्ट्रेलियाबाट सफ्टबलका खेलाडी जापान पुगेका छन्।
मंगलबार खेलाडीसहित ३० जनाको टाेल नारिता विमानस्थलमा ओर्लिएको जापानको राष्ट्रिय प्रशारण एनएचके रेडियोले जनाएकाे छ। ओलम्पिकका लागि बिदेशबाट आउने याे पहिलो टिम हाे।
जापानमा काेराेना महामारीकाे तेस्राे लहर चलिरहेकाे छ। शुक्रबार जापानी सरकारले टोकियो र आठ अन्य प्रान्तहरूमा २० जुनसम्म आपत्कालिन अवस्था घाेषणा गरेकाे छ।
न्युयोर्क टाइम्सको डाटाबेसका अनुसार गत दुई सातामा जापानमा नयाँ दैनिक संक्रमण ४० प्रतिशतभन्दा बढी घटेको छ। तर, जापानमा अझै पनि प्रतिदिन ३ हजार ३ सयभन्दा बढी संक्रमितहरु फेला परिरहेका छन्। याे संख्या जनवरीदेखि सबैभन्दा बढी हो।
विमानस्थलमा काेराेना परीक्षण गरेपछि उनीहरुलाई ओता शहरमा लगिएकाे थियाे। बाहिरबाट आएका खेलाडी र प्रतियोगितासँग सम्बन्धित व्यक्ति काेराेनाविरुद्धकाे खोप अनिवार्य लगाएका हुनुपर्नेछ।
साथै उनीहरूको हरेक दिन काेराेना परीक्षण गरिने छ । संक्रमण रोकथाम गर्न र अन्य व्यक्तिसँगको सम्पर्क रोक्न विदेशबाट आउने ओलम्पिक र पारालिम्पिकका टिमसहितका खेलाडी र व्यक्तिलाई तोकिएको बसोबास स्थलमा राखिनेछ। खेलाडीले टिमकै लागि तयार पारिएको सवारी साधनहरू मात्रै प्रयोग गर्न पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।