फाइल तस्वीर
काठमाडाैं- काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञामा पनि सवारी साधन मर्मतसम्भार गर्ने वर्कशप खाेल्न दिइने भएकाे छ।
उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले वर्कसप राति ९ बजेदेखि बिहान ९ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेकाे हाे।
यसअघि उपत्यकामा वर्कशप बन्द गरिएको थियो। यद्यपि, सवारी साधन मर्मतका लागि वर्कशपहरुले सामग्री किनबेच गर्दा कम्तिमा २ मिटरको भौतिक दूरी कायम गर्ने निर्देशन दिइएकाे छ।
त्यस्तै, तरकारी, फलफूल, खाद्यान्न, दुध डेरी, मासु, खानेपानी, ग्यास पसलहरु, किराना पसल र डिपार्टमेन्टल स्टोर (ग्रोसरी मात्र) बिहान ९:०० बजेसम्म मात्र खुला गर्न दिइने छ। तरकारी तथा फलफूलको थोक बजारमा फुटकर बिक्रीवितरण नगर्ने आग्रह गरिएकाे छ।
तरकारी, फलफूल, खाद्यान्न, दुध डेरी, मासु, खानेपानी, ग्यास पसलहरु, किराना पसल, डिपार्टमेन्टल स्टोर (ग्रोसरी मात्र),मा सामग्री किनबेच गर्दा कम्तिमा २ मिटरको भौतिक दूरी कायम गर्ने, अनिवार्य रुपमा स्यानिटाइजर व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने छ।
अनुगमनको क्रममा यदि तोके बमोजिम स्वास्थ्य मापदण्ड परिपालना नगरेको भेटिएमा पसल बन्द गर्ने चेतावनी दिइएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।