काठमाडौं– नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण थप १०१ जनाको मृत्यु भएको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता समिरकुमार अधिकारीले प्रेस ब्रिफिङका क्रममा दिएको जानकारी अनुसार देशका विभिन्न भागमा गरि पछिल्लो २४ घन्टामा थप १०१ जनाको मृत्यु भएको छ।
यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ हजार ५ सय ५५ पुगेको छ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ३१६ जनामा संक्रमण पुष्टि भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।