काठमाडौं- अछाममा बाघको छालासहित एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कमलबजार नगरपालिका–८ ढाकु बस्ने ५० वर्षीय विष्णुबहादुर विष्ट रहेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय कमलबजारबाट खटिएको प्रहरीले एकथान बाघको छालासहित उनलाई नियन्त्रणमा लिएको जनाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।