हेटौंडा- कोरोना संक्रमणका कारण हेटौंडामा थप एक जनाको मृत्यु भएको छ।
मकवानपुरको हेटौंडा अस्पतालमा उपचाररत संक्रमित महिलाको बुधबार बिहान उपचारको क्रममा मृत्यु भएको हो।
मृत्यु हुनेमा हेटौंडा–२ चौकिटोलकी ५२ वर्षीया महिला रहेको अस्पतालको कोभिड फोकल पर्सन सागर काफ्लेले जानकारी दिए।
यससँगै हेटौंडा अस्पतालमा कोरोनाबाट ६५ जनाले ज्यान गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।