• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, वैशाख २९, २०८३ Tue, May 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एक भइ नसक्दै १३ महिनामै ‘फुट्यो’ जसपा

64x64
वीरेन्द्र ओली मंगलबार, जेठ १८, २०७८  २२:४८
1140x725

काठमाडौं– संघीय संसदको चौथो शक्तिको रुपमा उदाएको जनता समाजवादी पार्टी (जसपा)को एकताले पूर्णता नपाउँदै १३ महिनामै दुई चिरामा विभाजित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ वैशाख ८ मा दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि वैशाख १० गते राति जसपा गठन भएको हो। केन्दमा एकता भए पनि प्रदेश, जिल्ला र स्थानीय तहसहित जनवर्गीय संगठनको एकताले पूर्णता नपाउँदै जसपा विभाजनमा पुगेको छ।

तत्कालीन नेकपामा अप्ठेरोमा परेपछि प्रधानमन्त्री ओलीले मधेसकेन्द्रित दललाई फुटाएर सत्ता जोगाउने रणनीतिका साथ अध्यादेश जारी गरेका थिए। त्योसँगै तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबाट केही सांसदलाई आफ्नो पक्षमा पारेर मन्त्री बनाउने योजना बनाएपछि ती दुई पार्टीबीच हतारहतार एकता घोषणा भएको थियो। ओलीकै कारण गठन भएको जसपा कालान्तरमा उनलाई नै समर्थन गर्ने वा नगर्ने विषयलाई लिएर विभाजनमा पुगेको हो।

जसपामा झगण्डाको बीउ भने ओलीले पहिलो पटक गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि रोपिएको हो। त्यतिबेला महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले ओलीको कदमलाई भित्री रुपमा सहयोग गरे पनि बाहिरी रुपमा ताजा जनादेशमा जानुपर्ने तर्क गर्दै आएका थिए। पार्टीमा बाबुराम भट्टराई–उपेन्द्र यादवपक्ष बहुमतमा भएकाले महन्थ–राजेन्द्र पक्ष ओलीको कदमलाई विरोध जनाए जस्तो गर्न बाध्य भएका थिए।

प्रतिनिधि सभा पुनःस्थापना भएपछि ओलीलाई नेकपाकै नेताहरुले सहयोग गर्न छोडे। त्यसपछि नेकपा एमाले र माओवादी गरी दुई टुक्रामा ब्युँतियो। एमालेभित्र पनि ओलीले सबैको समर्थन पाउन सक्ने स्थिति भएन। त्यसपछि उनले जसपाको आड लिन पुगे। त्यसपछि महन्थ–राजेन्द्र पक्षले ओलीलाई हटाउने भन्दा उनीसँगै वार्ता गरेर सत्तासहकार्य गर्ने प्रयत्न अघि बढाएपछि जसपा नेताहरुमा तिक्तता बढ्दै गएको हो। महन्थ-राजेन्द्र पक्ष ओलीसँग नजिकिँदै गर्दा बाबुराम-उपेन्द्रपक्ष ओली विरुद्ध ठबन्धन बनाउन सक्रिय थिए। 

ओलीले दोस्रो पटक प्रतिनिधि सभा विघटन गर्दासमेत महन्थ–राजेन्द्र पक्षले उनलाई नै साथ दिए। यसबीचमा दुवै पक्षका बीचमा बोलचाल नै बन्द भयो। पार्टीमा बढ्दै गएको तिक्तता मेटाउन गत जेठ २ गते महन्थ ठाकुर र उपेन्द्र यादवबीच ८ बुँदे सहमति समेत भएको थियो। सहमतिको मसी सुक्न नपाउँदै एक पक्षीय रुपमा राजेन्द्र महतोलाई संसदीय दलको नेता घोषणा गरिएपछि द्वन्द्व बल्झिएको थियो। त्यसपछि महन्थ–राजेन्द्र पक्ष ओलीको पक्षमा दृढतापूर्वक उभिन थालेका थिए। त्यहीबीचमा भएको प्रतिनिधि सभाको दोस्रो विघटनले त्यसलाई झनै चर्काइदियो।

उता ओलीको विरुद्धमा लागेका बाबुराम–उपेन्द्र पक्ष भने कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने भन्दै शीतल निवास र सर्वोच्च अदालतसम्म पुगेका छन्।

जसपामा नेताहरुबीच तिक्तता बढ्दै गएपछि पार्टीभित्र बहुमतमा रहेको बाबुराम–उपेन्द्र पक्षले सबैभन्दा पहिले महन्थ, राजेन्द्र, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई ७२ घण्टे स्पष्टीकरण सोधेका थिए। गत जेठ ८ गते बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समितिको बैठकले चार जनालाई स्पष्टीकरण सोधेको थियो।  तर, ठाकुरले त्यसको ‘काउन्टर’ स्वरुप यादवलाई पनि स्पष्टीकरण सोधे। दुवै पक्षले जेठ ११ गते सोधेको स्पष्टीकरणको जवाफ नआएपछि जेठ १५ गते पुनः २४ घण्टे स्पष्टीकरण सोधेका थिए।

दुवै पक्ष एकले अर्कालाई सोधेको स्पष्टीकरणको जवाफ दिने मूडमा थिएनन्। सोहीकारण बाबुराम–उपेन्द्र पक्षले स्पष्टीकरण सोधेका चार जनालाई मंगलबार पार्टीको साधारण सदस्यबाटै निष्काशन गर्ने निर्णय गरेर निर्वाचन आयोगलाई पत्र पठाएको छ भने ठाकुरले पनि यादवलाई पार्टीबाट निष्कासन गरिदिएको जानकारी निर्वाचन आयोगलाई गराएका छन्। यसको अर्थ अब यी दुवै पक्ष एउटै पार्टीमा बस्न नसक्ने बिन्दूमा पुगिसकेको देखिन्छ।

nimb
nimb
Ncell 2
Ncell 2

२४ घण्टामा के भयो?
पार्टी एक नहुने निष्कर्ष निकाल्दै बाबुराम–उपेन्द्र पक्षले कार्यकारिणी समितिको बैठक बसेर सोमबार दिउँसो पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो। कार्यकारिणी समितिले चार जना नेतालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरे पनि त्यसलाई गोप्य राखिएको थियो। मंगलबार दिउँसो मात्रै बाबुराम–उपेन्द्र पक्षका नेताहरुले चार नेतालाई पार्टीबाट निष्कासन गरेको निर्णय सार्वजनिक गरेका हुन्। बाबुराम–उपेन्द्र पक्षले चार जना नेतालाई निष्कासन गरेको निर्णय सार्वजनिक हुने बित्तिकै महन्थ–राजेन्द्र पक्षले उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ।

बाबुराम–उपेन्द्र पक्षले महन्थ, राजेन्द्र, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीबाट निष्कासन गरेको पत्र निर्वाचन आयोगमा बुझाएका छन्। त्यसलगतै महन्थ–राजेन्द्र पक्षले पनि उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको पत्र आयोगमा बुझाएका छन्। बाबुराम–उपेन्द्र पक्षले अपह्न ३ बजेतिर निर्वाचन आयोगमा चार नेतालाई निष्कासन गरिएको पत्र बुझाएपछि मात्रै महन्थ–राजेन्द्र पक्षले उपेन्द्र यादवलाई हटाएको पत्र बेलुका ५ बजे आयोगमा बुझाएका हुन्।

जसपामा दुवै पक्षले एकले अर्कोलाई कारबाही र निष्कासन गरेको पत्र निर्वाचन आयोगमा बुझाएपछि जसपा विवाद पार्टी कमिटीबाट आयोगमा पुगेको छ। निर्वाचन आयोगले कस्तो फैसला दिन्छ, त्यसै अनुरुप नेताहरुले पार्टीमा रणनीति बनाएर अगाडि बढ्ने तयारी गरेका छन्।

जसपामा ५२ सदस्यीय कार्यकारिणी समिति (रेशम चौधरी जेलमा)मध्ये बाबुराम–उपेन्द्र पक्षमा २९ जना छन्। जसमध्ये दानबहादुर विश्वकर्मा बीच धारमै भएकाले महन्थ–राजेन्द्रको पक्षमा २१ जना मात्रै छन्। पार्टीमा बाबुराम–उपेन्द्र पक्ष बहुमतमा भएकाले महन्थ–राजेन्द्र पक्षका नेताहरुलाई सजिलै कारबाही गर्न सक्ने अवस्था छ।

तत्कालीन नेकपामा देखिएको जस्तै झगण्डाको स्वरुप जसपामा हुने देखिएको छ। जसपा विधानले कार्यकारिणी समितिलाई नै कार्यकारी अधिकार दिएकाले त्यसमा हुने बहुमत–अल्पमतले अर्थ राख्ने गर्छ। अल्पमतमा भएको महन्थ–राजेन्द्र पक्ष त्यहीकारण केही रक्षात्मक पनि देखिएको छ। पार्टीभित्र अल्पमतमा भएका महन्थ–राजेन्द्र पक्ष कारबाहीमा पर्ने भएकाले पार्टी वैधानिकता बाबुराम–उपेन्द्रसँगै हुने देखिन्छ। तर, महन्थ–राजेन्द्र पक्ष सरकारमा जान खुट्टा उचालेकाले कार्यकारिणी समितिका सदस्यलाई आफ्नो पक्षमा पार्न मन्त्रीको लोभ देखाउन सक्ने देखिएको छ। यसले पनि पार्टीको बैधानिकता कसले पाउने भन्नेमा प्रभाव पार्न सक्छ।

दुवै पक्षको आ–आफ्नै रणनीति
जसपा एकीकृत भए पनि विचार र दृष्टिकोणले सुरुदेखि नै विभाजित अवस्थामा थियो। जसपाको प्रमुख घटक तत्कालीन समाजवादी पार्टीमा माओवादी र एमाले पृष्ठभूमिका नेताहरु धेरै छन्। उनीहरु मूलतः कम्युनिस्ट विचार बोक्नेसँग नजिक छन्। बाबुराम–उपेन्द्र पक्ष कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्दै सर्वोच्च अदालतमा दायर रिट निवेदनमा समेत सहभागी भएका छन्। देउवालाई प्रधानमन्त्री बनाउन चाहे पनि विचारका दृष्टिकोणले उनीहरु माओवादी केन्द्र र एमालेका माधवकुमार नेपाल पक्षसँग नजिक छन्। विचार र दृष्टिकोण प्रचण्ड र माधवकुमार नेपाल पक्षसँग मिल्ने भएकाले दीर्घकालीन रुपमा उनीहरुसँगै मोर्चाबन्दी वा एकतासम्म पुग्न सकिनेमा आशावादी छन्।

समाजवादी नीति कार्यक्रममा एकरुपता भएमा प्रचण्ड र माधव नेपाल पक्षसँग समेत एक ठाउँमा हुन सकिने बाबुराम–उपेन्द्र पक्षका नेता नवराज सुवेदीले बताए। ‘अहिले नै प्रचण्ड-माधव नेपाल पक्षसँग एकता नै हुने भन्ने कुरा हुँदैन। पहिले जसपाको निर्वाचन आयोगले छिनोफानो के गर्छ, त्यो हेर्नुपर्छ’, सुवेदीले भने, ‘जसपामा महन्थ–राजेन्द्रजीहरु राजपा ब्युँत्याएर गएमा समाजवादी नीति कार्यक्रममा एक ठाउँमा भएमा मोर्चाबन्दी वा एकता हुन सक्छ, त्यसलाई नकार्न सकिदैन।’

उता राजपामा मूलतः काग्रेस पृष्ठभूमि र गजेन्द्रनारायण सिंहले नेतृत्व गरेको सद्भावना पृष्ठभूमिका नेताहरु सक्रिय छन्। त्यसमा केही राप्रपा पृष्ठभूमिका नेताहरुले समेत साथ दिएका छन्। राजपामा प्रजातान्त्रिक विचार राख्ने नेताहरु सक्रिय छन्। सुरुदेखि नै विचारमा समस्या आउन थालेपछि एउटै पार्टीमा लामो समय बस्न नसकिने महन्थ–राजेन्द्र पक्षले निष्कर्ष निकालिसकेका थिए। पछिल्लो समय जसपाभित्र बाह्य शक्तिले पनि खेलेको टिप्पणी हुँदै आएको छ।

महन्थ–राजेन्द्र पक्ष तत्कालीन राजपा ब्युँत्याएर चलाउनेमा सबै नेताहरु एक ढिक्का देखिएका छन्। त्यसमध्ये महेन्द्र राय यादव भने उनीहरुलाई छोडेर बाबुराम–उपेन्द्रतिर लागिसकेका छन्। आफूहरु हृदयश त्रिपाठीसँग एकता गरेर राजपा वा अन्य कुनै पार्टी दर्ता गराएर चलाउने विषयमा छलफल भइरहेको महन्थ–राजेन्द्रपक्षका एक कार्यकारिणी समिति सदस्यले बताए। ‘हामी उपेन्द्र–बाबुराम सहित एउटै पार्टीमा बस्न सक्ने अवस्था छैन। अब निर्वाचन आयोगको निर्णय पर्खिन्छौँ। त्यससँगै हृदयश त्रिपाठी समूहसँग एकताका लागि छलफल जारी राख्छौँ’, ती कार्यकारिणी समिति सदस्यले भने, ‘हृदयश त्रिपाठी समूह आएमा मधेसको ठूलो शक्तिको रुपमा राजपा वा अन्य कुनै दल दर्ता गराएर जान्छौँ। नभए पूर्व राजपा दल दर्ता गराएर मात्रै भए पनि अघि बढ्छौँ।’

त्रिपाठी समूह तत्कालीन राजपा पक्षसँग एकता गर्न सकारात्मक भएकाले एक ठाउँमा आउने सम्भावना बलियो भएको ती नेताले बताए। महन्थ–राजेन्द्र पक्ष ओली नेतृत्वको सरकारमा हुँदा राम्रो सम्बन्ध हुँदै गएमा चुनावमा समेत मोर्चाबन्दी हुन सक्ने उत्तिकै सम्भावना देखिएको छ।

प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८  २२:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
संसदमा निदाएको भनिएको विषयमा अर्थमन्त्री डा. वाग्लेले दिए स्पष्टीकरण प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको मंगलबारको बैठकमा उनले उक्त दाबी वास्तविक नभएको उल्लेख गर्दै त्यस समयमा आफू अत्यावश्यक सन्देशहर... मंगलबार, वैशाख २९, २०८३
राष्ट्रपति बोल्दाबोल्दै संसद्‌बाट हिंडेको घटनामा कांग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ प्रतिनिधिसभा बैठकमा कांग्रेसकी प्रमुख सचेतक वासना थापाले राष्ट्रपति रामचन्द्र पौडेले सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधान... मंगलबार, वैशाख २९, २०८३
राष्ट्रपति पौडेल र सभामुख अर्यालबिच भेटवार्ता राष्ट्रपति भवन शीतल निवासमा मंगलबार भेटवार्ता भएको हो । मंगलबार, वैशाख २९, २०८३
ताजा समाचारसबै
संसदमा निदाएको भनिएको विषयमा अर्थमन्त्री डा. वाग्लेले दिए स्पष्टीकरण मंगलबार, वैशाख २९, २०८३
राष्ट्रपति बोल्दाबोल्दै संसद्‌बाट हिंडेको घटनामा कांग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ मंगलबार, वैशाख २९, २०८३
स्कटल्याण्डद्वारा नेपालसामु २४४ रनको लक्ष्य प्रस्तुत, सन्दीपले लिए चार विकेट मंगलबार, वैशाख २९, २०८३
राष्ट्रपति पौडेल र सभामुख अर्यालबिच भेटवार्ता मंगलबार, वैशाख २९, २०८३
जेठ १५ को मध्याह्नमा बजेट आउँछ, मध्यरातसम्म हामी बजेट लेखिरहेका हुन्छौँ : अर्थमन्त्री वाग्ले मंगलबार, वैशाख २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत उत्तीर्ण, नतिजा कसरी हेर्ने? सोमबार, वैशाख २८, २०८३
एसईईको नतिजा आजै सार्वजनिक हुने सोमबार, वैशाख २८, २०८३
निर्माण व्यवसायी रमेश शर्मा र पीताम्बर बडु प्रहरीकाे नियन्त्रणमा सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्