काठमाडौं– जारी निषेधाज्ञाबारे समीक्षा तथा आगामी कदमबारे छलफल गर्न काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको बैठक बस्दै छ।
आज (मंगलबार) दिउँसो ३ बजे बस्ने संयुक्त बैठकले उपत्यकामा जारी निषेधाज्ञाबारे पुनर्विचार गर्ने काठमाडौंका सीडीओ कालिप्रसाद पराजुलीले नेपाल लाइभलाई बताए।
उपत्यकामा जेठ १४ गतेदेखि निषेधाज्ञालाई थप कडा पारिएको थियो। हाल किराना पसलसमेत बन्द रहेको अवस्था छ। २० गतेसम्मलाई निषेधाज्ञा यही रुपमा रहनेछ। २० गतेपछि निषेधाज्ञालाई कसरी अगाडी बढाउने भन्ने सम्बन्धमा बैठक बस्न लागेको हो।
अहिले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठक बसिरहेको बताउँदै उनले २० गतेपछि निषेधाज्ञा केही खुकुलो बनाइने संकेत गरे। ‘डीसीसीएमसीको प्रस्ताव अनुसार निषेधाज्ञामा केही परिवर्तन गर्न सकिन्छ,’ सीडीओ पराजुलीले भने, ‘तत्कालै पूर्ण रुपमा खोल्ने अवस्था भने छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।