काठमाडौं– पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावका कारण देशका अधिकांश स्थानमा आशिंक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार अहिले बिहान प्रदेश १ मा सामान्य बदली र देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ।
दिउँसो देशका अधिकांश भू–भागमा सामान्य बदली रहनेछ तथा केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ।
अपराह्नतिर प्रदेश १, बागमती, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक, दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ।
आज राति प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक देखी सामान्य बदली रहने विभागले जनाएको छ।
बाँकी भू–भागमा आंशिक बदली रहनेछ। प्रदेश प्रदेश १ का केही स्थानहरु र बाँकी प्रदेशमा एक, दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।