• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ ६, २०८३ Sat, Aug 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

उज्जवलप्रति ओइरिएको स्नेहको अर्थ 

64x64
मिलन बगाले सोमबार, जेठ १७, २०७८  १८:३८
1140x725

विवेकशील नेपाली अभियानका संस्थापक एवं अहिलेको विवेकशील साझा पार्टीका नेता उज्जवल थापा यतिबेला मेडिसिटी अस्पतालमा जीवनसँग संघर्ष गरिरहेका छन्। उनका शुभेच्छुकहरुले सामाजिक सञ्जालमा बेलाबेलामा जारी गर्ने अपडेटबाट बुझिन्छ, यो संघर्ष असाध्यै कठोर बन्दै गइरहेको छ। उनको हँसिलो तस्वीर सामाजिक सञ्जालमा देखेपिच्छे म झस्किन्छु, कुनै अप्रिय खबर त आएन! तस्वीरसँगै लेखिएका सन्देश पढ्न मन डराउँछ। ह्याम्स, ग्राण्डी हुँदै मेडिसिटी अस्पतालमा भर्ना गरिएका उनको स्वास्थ्य अवस्था सुध्रिएको महसुस हुने खबर हामीले पढ्न पाएका छैनौं। बरु हरेक दिन निराश बनाउने अपडेट पढ्न विवश छौं। 

भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि अवस्था नसुध्रिएपछि रगतबाट अक्सिजन दिने विधिमार्फत् उपचार जारी राखिएको र राम्रो प्रतिफल नआएको खबर सुनिरहँदा पनि उनी जुरुक्क उठ्नेछन् भन्ने आशाचाहिँ मनभित्र बलेकै छ। यस्तो महसुस मलाई मात्र होइन, उनका हजारौं शुभेच्छुकलाई पनि पक्कै भएको होला। जीवनसँग संघर्ष गरिरहँदा आफूप्रति उर्लिएको मायाबारे चाहिँ उनी बेखबर होलान्। जीवनमरणको यो युद्ध जितेर आफूले पाएको यो असीम माया उनले महसुस गर्न पाऊन्, हाम्रो यही कामना छ। 

उज्जवलको उपचारमा अपनाइएको प्रविधि खर्चिलो भएकाले परिवारलाई आर्थिक संकट नहोस् भन्ने उद्देश्यले देशविदेशमा रहेका शुभेच्छुकले सहयोग अभियान सञ्चालन गरे। जसै उज्जवलको बिग्रँदो स्वास्थ्य अवस्थाबारे खबर बाहिर आयो, त्यो खबरले धेरैलाई दुःखी बनायो, सँगसँगै सहयोगका लागि जागरुक पनि।

करिब २४ घण्टामा देशविदेशबाट ५० लाख रुपैंया जम्मा भयो र सहयोग अभियान नै रोकिएको घोषणा गरियो। अघिल्लो निर्वाचनमा उनको पार्टीले पाएको भोटको हिसाब गर्ने हो भने उनी असाध्यै सानो पार्टीका नेता हुन्। उनी यतिबेला त्यही  सानो पार्टीको नेतृत्वमा पनि छैनन्। बेलैमा नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर पर्दा पछाडि बसेका उज्जवलले मतपत्र होइन, मनपत्र जितेको महसुस उनीप्रति यतिबेला उर्लिएको असिम माया, चासो, चिन्ता, शुभेच्छा र सहयोग रकम संकलनबाटै बुझिन्छ। 

मिलन बगाले

यो उज्जवलप्रति उर्लिएको माया मात्र होइन, असल राजनीतिप्रतिको सद्‌भाव पनि हो। धमिलिएको दिशाविहीन राजनीतिबाट नागरिक कति धेरै दिक्क भएछन् भन्ने सन्देश पनि हो यो। विवेकशील नेपाली दल साझा पार्टीमा मिसिँदा साझाका ठूला माछाहरुले विवकेशीलका साझा माछाहरुलाई सर्लक्कै निल्ने हुन् कि भन्ने पीर आम शुभेच्छुकमा थियो। भयो पनि त्यस्तै। मिसिएसँगै उनीहरु निकै अप्ठेरो चरणबाट गुज्रिए। सम्मान र शिष्टतापूर्वक फुटेर उस्तै भद्रतापूर्वक दुवै पार्टी जुटेका छन्। सानै रुपमा भएपनि सभ्य राजनीतिको उदाहरण बनेका छन्। पार्टी फुट्ने र जुट्ने दुवै प्रक्रियामा उज्जवल सदाबहार रुपमा शालिन देखिए। शिष्ट र सभ्य देखिए। 

जसले राजनीतिबाटै विरक्तिएको पुस्तालाई राजनीति बुझाए
पछिल्लो समय समाचारको मूल प्रवाहबाट समेत छायाँमा थिए उनी। अचानक उनको बिग्रिएको स्वास्थ्यबारे खबर आयो। खबरसँगै अक्सिजन पाइप लगाइएको तस्वीरले मनमा भक्कानो छुटायो। उज्जवल सांसद होइनन्। मन्त्री होइनन्। देशै हल्लाउने चर्काचर्का भाषण गर्ने बडे वक्ता पनि होइनन्। जेलनेललाई नेपालमा राजनीति गर्ने सबैभन्दा ठूलो हतियार मानिन्छ। उनी जेलनेल खाएका व्यक्ति पनि होइनन्। बन्दुक बोकेका तुफानी लडाकु पनि होइनन्। अखबरमा राजनीतिक सिद्धान्तका ठूल्ठूला कुरा लेख्ने चिन्तकको छवि पनि बनेको छैन उनको। के गरे त उनले? 

उनले राजनीतिको फोहोर तलाउमा ढुंगा हाने। त्यो ढुंगाले ल्याएको तरंगको अर्थ गहिरो छ। उज्जवलले शहरी युवापुस्तालाई राजनीति बुझाए। राजनीति सम्झाए। ‘आइ हेट पोलिटिक्स’ भन्न जानेको पुस्तालाई राजनीतिको मूलमार्ग के हो सिकाए। भोट हाल्नुको महत्व सिकाए। गलत ठाउँमा भोट हाल्दाको हैरानी के हुन्छ, सजिलोसँग बुझाए। नेपाल बन्द गरेर बहादुरी गरेको भन्ठान्ने सबै ठूला दललाई ‘नेपाल खुल्ला छ’ भन्ने सन्देश दिए। भ्रष्टाचार विरोधी अभियानको लहर चलाए। स्वास्थ्य र मेडिकल क्षेत्रका माफियाको मुटुमा ढ्यांग्रो ठोकेका गोविन्द केसीजस्ता सत्याग्रहीलाई सघाए। तथ्य, तर्क र तथ्यांकले विवेकशील दलले चुनौती दिइरह्यो। नेपाललाई बृद्धश्राम नबनाऔं भन्ने सन्देश दियो। 

यो अभियानमा उनी एक्ला थिएनन्। उनलाई धेरैले मनमनै साथ दिए। थोरैले सँगै उभिएर, सँगै हिँडेर साथ दिए। 

nimb
nimb
Ncell 2
Ncell 2

विवेकशील नेपाली दलको राजनीति गर्ने शैली नेपालको लागि नौलो थियो। उनीहरुले क्याम्पस अगाडि उभिएर ढुंगा हानेनन्। नेपाल बन्द गरेनन्। भित्ताभित्तामा कालो पोतेनन्। उनीहरुले सामाजिक सञ्जालको शक्तिलाई पहिल्याए र यसको भरपूर प्रयोग गरे। यसो गरेवापत उनीहरुले फेसबुके पार्टीको उपमा पनि पाए। माया गर्नेसँगै हियाउनेहरुको पनि कमी रहेन। तर, उनीहरु डराएनन्। २-४ जना मान्छे घाममा उभिएर चित्र र अक्षरको शक्तिमार्फत् मेडिकल माफिया, भ्रष्टाचारी, नेपाल बन्दकर्ता र अनेक ज्यादतीकर्ताको विरोध गरिरहे। विभिन्न रुप र स्वरुपमा भइरहेको राज्य आतंकको शिष्ट प्रतिवाद गरिरहे। 

त्यो आवाज मलिन थियो। मान्छे थोरै थिए। तर, त्यो मौनताभित्र शक्ति थियो। काठमाडौंका चोकचोकमा अर्थपूर्ण चित्र, पेन्टिङ र प्लेकार्ड बोकेर उभिएका युवाहरुले ‘विवेकी युवा’को उपमा पाए। उनीहरुले उठाउने मुद्दा आम सर्वसाधारणको जीवनको जगसँगै जोडिएका थिए। उनीहरुको राजनीति शिष्ट राजनीतिको रुपमा अनुमोदित भयो। चुनाव चिन्ह देउताजस्तै बन्ने देशमा उनीहरुले छानेको हँसिलो अनुहार, कुकुर र तराजुले अड्कलिएको माया मात्र पायो। तर, त्यो माया कति गढेको रहेछ, अहिले उज्जवलप्रति बर्सिएको स्नेहबाट प्रष्ट हुन्छ। 

कोरोना कहरसँग कष्टपूर्वक लडिरहेका विवेकशील साझाका नेता उज्जवलप्रति आम सर्वसाधारणबाट उर्लिएको स्नेह भावावेश मात्र होइन। यो स्नेहको गहिरो अर्थ छ। यतिबेला हामी नैतिकता, जवाफदेही, सिद्धान्त र आदर्श सबैथोक भुलेर दादागिरीमा रमाइरहेको राज्यसत्ताको लाचार साक्षी बनिरहेछौं।

यतिबेला नेकपा (एमाले)को सरकारले हामीलाई निर्वाचित तानाशाह कसरी बन्छ र निर्वाचित तानाशाह यस्तो हुन्छ भन्ने असाध्यै महंगो पाठ पढाइरहेको छ। सत्तापक्षसँग लुकिछिपी भागबण्डामा रमाइरहने प्रतिपक्ष कस्तो हुन्छ र उसले लोकतन्त्रलाई कसरी दिशाहीन बनाउँछ भन्ने पाठ नेपाली कांग्रेसले पढाइरहेको छ। विगतमा गर्न नहुनेजति सबै कामको रेकर्ड राखेर थाकिसकेका व्यक्तिलाई फेरि प्रधानमन्त्री बनाउन कांग्रेस एकढिक्का भएको छ। धारा ७६ (५) बमोजिम नयाँ प्रधानमन्त्रीको आवेदन दिने बेलामा पार्टीभित्रका लोकप्रिय र अहिलेसम्म प्रधानमन्त्री नबनेका व्यक्ति खोजेर एउटा सकारात्मक सन्देश दिने रहर कांग्रेसले गरेन। यस्तो आवाज उठ्दा पनि उठेन। 

पुष्पकमल दहालको ‘फुटाउ र राज गर’ सिद्धान्त कहिल्यै फेरिनेवाला छैन। उनी हेर्दाहेर्दै फेरि ओलीमै बिलीन पनि हुन सक्छन्। माधव नेपाल समूहको पदलोलुपता र दिशाहीन राजनीति पनि बिर्सनलायक छ। उनीहरु चौतर्फी बार्गेनिङमा रमाइरहेछन्। जता बार्गेनिङ मिल्छ, त्यतै जोडिने यो समूहको दिशाहीनता पनि यतिबेलाको अराजक राजनीतिको प्रमुख कारक बनेको छ। पद नपाएपछिको उग्र राष्ट्रवाद र उद्दण्ड अभिव्यक्ति यो समूहका एक प्रखर नेताको ट्विट पढेरै बुझिन्छ। 

एमाले कार्यकर्ताले ड्युटीमा खटिएका स्वास्थ्यकर्मीको घाँटी अठ्याएर मार्न खोज्दा राष्ट्रपति कार्यालय ‘भावनात्मक उत्तेजना’ भन्दै प्रतिरक्षामा ओर्लिएको अराजक समय हो यो। यति अराजक समयमा प्रधानमन्त्रीले दोस्रोपटक संसद् विघटनको निर्णय लिएका छन्। उक्त निर्णय रकेटको गतिमा पास भइसकेको छ। सबैका आँखा अदालततिर तानिएका छन्। कोभिड-१९ का कारण विश्वभर अहिलेसम्म ३५ लाख व्यक्तिले ज्यान गुमाइसकेका छन्। सन् २०२१ को सेप्टेम्बरसम्ममा ९० लाख व्यक्तिले ज्यान गुमाउने प्रक्षेपण इस्टिच्यूट फर हेल्थ मेट्रिक्स एण्ड इभालुएसनले गरेको छ (यहाँ हेर्नुहोस्)। 

नेपाल यी सबै कुरा भुलेर रकेटको गतिमा बारम्बार संसद् विघटन गर्दै चुनाव गर्छु भनिरहेछ। पैसा तिरेर किनिसकेको खोप किन आएन, लेखिराख्नै परेन। परीक्षण घटाउँदै लगेर संक्रमितको संख्या कम देखाउने प्रयास भैरहेकै छ तर, हामीलाई डस्न नयाँ-नयाँ भेरियन्टको दुःख हुनेवाला छैन। कोरोनामात्र होइन, राजनीतिका नयाँ नयाँ ‘विषालु भेरियन्ट’ले हामीलाई अनन्त: डस्न खोज्नेछन्। 

जनता डस्ने राजनीतिक भेरियन्टसँग जुध्ने एउटा शक्ति विवेकशील अभियान हो। साझा पार्टी त जनमनमा अझ राम्ररी बस्न सकेको छैन। साझा अभियानमा जोडिएकाहरु आ-आफ्नो कुण्ठाग्रस्त भारी बोकेर लाखापाखा लागिसके, तर विवकेशीलहरुको प्रतिबद्धता जस्ताको जस्तै छ। साझा त एउटा साझा पसलजस्तो थियो। त्यो पसलका पुराना साहुजीहरु नयाँ दोकान खोज्दै कताकता पुगिसके। कति चाहिँ दोकान चलेन भन्दै बिरक्तिएर हिँडे। विवेकशीलले बालेको झिल्को त उस्तै छ। वैकल्पिक राजनीतिको जग विवेकशीलहरुले नै हालेका हुन्। उज्जवलहरुले नै हालेका हुन्। साझा मिसिएपछि बाटो अलिकति फराक बनेको मात्र हो। आशा जगाउने राजनीतिको मूल भंगालो त विवेकशील नै हो। 

शहरी नयाँ पुस्तालाई राजनीतिप्रति चासो, चिन्ता र चिन्तन गर्न सिकाउने, मतदाता नामावलीमा नाम खोज्न सिकाउने, ढुंगामुढाको राजनीतिलाई रचनात्मक राजनीतिको बिम्ब सिकाउने उज्जवल थापा दादागिरीको राजनीति गरिरहेकाहरुका लागि खुला चुनौती हुन्। उज्जवल र उनका सहयात्रीले जगाएको उत्तरदायी राजनीतिप्रतिको आस्था, विश्वास र भरोसाको बिम्ब हो उनीप्रतिको असीम स्नेह। उज्जवलको स्वास्थ्यलाभको कामना! उनी उठ्न सकून्। परिवर्तन देखेरै मर्ने उनको ईच्छालाई कोरोनाले चुँड्न नसकोस्। हृदयभरिको कामना!

प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८  १८:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
मिलन बगाले
लेखकबाट थप
कसम गीताको, काम मुसाको
‘राष्ट्रवाद’को खोल र संसद्‍बाहिरको अर्थहीन बहस
विचलनको ‘साझा रहर’
सम्बन्धित सामग्री
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन त्यसैले, भदौ २३ र २४ को आन्दोलन यस्तै कुशासन र बेथिति लगायत थुप्रिएका बिक्रितिहरुको एकीकृत तर सशक्त आवाज थियो । आवाज मार्फत राज्य शक... शुक्रबार, भदौ ५, २०८३
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण धन्य, न्याय मरेको रहेनछ। सर्वोच्च अदालतले सरकारी निर्णय खारेज गरिदियो। अदालतले संविधानको धारा १९ को मर्ममा टेकेर गरेको फैसलामा भनिएक... बिहीबार, भदौ ४, २०८३
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
ताजा समाचारसबै
‘सम्पदा पुनर्निर्माण मात्रै होइन, पुस्तान्तरण पनि आवश्यक छ’ : सुनिता डंगोल शनिबार, भदौ ६, २०८३
बालेन सरकारलाई लक्षित गर्दै ओलीले भने– यी बारुलासँग म डराउँदिनँ शनिबार, भदौ ६, २०८३
‘देश संकटमा छ, संकटबाट पार लगाउन युवालाई अघि सार्नुपर्छ’ : झलनाथ खनाल शनिबार, भदौ ६, २०८३
भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री रावल शनिबार, भदौ ६, २०८३
गगनको घोषणा : प्रदीप गिरिको स्मृतिमा चार फेलोसिप, ‘मधेशदेखि प्रेमसम्म’ अध्ययन गरिने शनिबार, भदौ ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गरिमा चौधरी प्रकरणमा गृहमन्त्रीले भने– सरकार मौन छैन, दोषीलाई मृत्युदण्ड दिन सकिँदैन शनिबार, भदौ ६, २०८३
खबरै नगरी मुस्ताङ जाँदै गरेका प्रधानमन्त्रीको भ्रमणबारे के भन्छन् मुस्ताङका सुरक्षा निकाय? शुक्रबार, भदौ ५, २०८३
प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा : शुक्रबार बिहानदेखि साँझसम्म शुक्रबार, भदौ ५, २०८३
ललितपुरका मेयर  र आशिकाबीच चर्काचर्की : मन्त्रीकै अगाडि झन्किएर हिँडिन्, भएको के थियो? शुक्रबार, भदौ ५, २०८३
अर्जेन्टिनी खेलाडीलाई फिफाले चलायो डन्डा, कुन खेलाडीलाई कस्तो कारबाही ? शुक्रबार, भदौ ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्