काठमाडौं– राष्ट्रिय विपद् (विपत्) जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्षको मनसुन खतरायुक्त हुनसक्ने बताएको छ।
प्राधिकरणका कार्यकारी प्रमुख डा अनिल पोखरेलले अघिल्लो वर्षको भन्दा धेरै वर्षा हुने र बाढी, पहिरो तथा रोगव्याधिले धेरैलाई असर गर्नसक्ने बताए। दक्षिण एसियाको मौसमसम्बन्धी आउटलुकमा गरिएको पूर्वानुमानअनुसार सरदरभन्दा बढी पानी पर्ने देखाएको पोखरेलको भनाइ छ।
अघिल्लो वर्ष कम पानी परेको अवस्थामा पनि बाढी र पहिरोको धेरै घटना घटेको हुँदा यस वर्ष विपत्का घटना कहालीलाग्दो हुनसक्ने पनि उनले बताए। ‘पोहोरभन्दा यसपाली झन गाह्रो अवस्था आइपुगेको छ। पोहोर सरदर वर्षा हुँदा अकल्पनीय क्षती ब्यहोर्नुप¥यो,’ पोखरेलले भने, ‘यो वर्ष झन् कहालीलाग्दो किन छ भने मौसम आउटलुक जुन तयार पारिन्छ, सरदरभन्दा बढी पानि पर्ने देखिएको छ। बाढी, पहिरोको घटना र अन्य रोगव्याधिका घटना नि बढ्ने देखेका छौं।’
बाढी, पहिरो, रोगव्याधि, सर्पदंश लगायतले १२० दिनसम्म पिरोल्ने भएकाले विपत्बाट बच्न पूर्वतयारी आवश्यक रहेको पोखरेलको भनाइ छ।
जोखिम क्षेत्रका बस्तीहरुमा अहिलेदेखि नै सुरक्षित हुने उपाय अवलम्बन गर्नुपर्ने उनले सुझाव दिए। ‘हरेक व्यक्ति, समुदायको आ–आफ्नो ठाउँमा पूर्वतयारी गर्नु आवश्यक छ,’ उनले भने, ‘जोखिमका बस्तीहरु छन् भने सुरक्षित हुन अविलम्ब उपाय शुरु गर्नुपर्छ। सर–सामग्रीको जोहो गर्ने बेला यही हो। यो तयारी शुरु गरौँ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।