प्रतिकात्मक तस्वीर
काठमाडौं– काठमाडौंको मैतीदेवीस्थित एउटा घरमा रहेका २ वटा सहकारीमा लुटपाट भएको छ। नगद, सुनका गहना तथा कम्प्युटर चोरी भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।
काठमाडौं महानगरपालिका-२९ मैतीदेबीस्थित विमल प्रजापतीको घरमा रहेको गौथली ऋण तथा सहकारी संस्थाबाट नगद र सुनका गहना लुटिएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार गौथली सहकारी संस्थाबाट बिहीबार सुनका विभिन्न गहना र नगद २ लाख २३ हजार रुपैयाँ गरी करिब ९ लाख ६७ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जानकारी दिएको छ।
सोही घरमा रहेको जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थाबाट समेत १ थान कम्प्युटर र मोबाइल चोरी भएको प्रहरीले जानकारी दिएको छ।
झ्यालको भ्यान्टिलेटरबाट प्रवेश गरी अपरिचित ब्यक्तिहरुले दुवै सहकारी संस्थाबाट उक्त धनमाल चोरी गरेका बताइएको छ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।