काठमाडाैं– पाँचथरकाे फिदिम नगरपालिका– ३ सुङनिमाचाेकमा एम्बुलेन्स दुर्घटना हुँदा १ जनाको मृत्यु भएकाे छ भने २ जना घाइते भएका छन्।
साेमबार बिहान पौने ३ बजे झापाबाट ताप्लेजुङ जादै गरेको प्रदेश नम्वर १-०१-००१ च ७७०६ नम्वरको एम्बुलेन्स अनियन्त्रित भई रोडबाट अन्दाजी १५ मिटर तल झरी दुर्घटना भएको प्रहरीले जनाएकाे छ।
सो दुर्घटनामा याङवरक गाउँपालिका २ बस्ने ५० बर्षीया ममता राई, सोही स्थानका १९ बर्षीय हेमन सुब्बा र ताप्लेजुङ सिदिङवा ३ का ५५ बर्षीय डोड कुमार राई घाइते भई उपचारको लागि जिल्ला अस्पताल पाँचथर लगिएको थियो।
घाइतेमध्ये ममता राईको उपचारको क्रममा बिहान पौने ४ बजे मृत्यु भएको छ भने अन्य घाइतेको अवस्था सामान्य रहेको जनाइएकाे छ।
एम्बुलेन्स चालक पाँचथर हिलिहाङ २ सिहापुर का २८बर्षीय वीरेन्द्र धिताललाई जिल्ला प्रहरी कार्यालय पाँचथरले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेकाे जनाइएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।