काठमाडाैं- नेपाल रेडक्रस सोसाइटीले आफ्नो चिन्ह अंकित अनधिकृत सामग्रीहरु उत्पादन भएका समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।
आइतबार एक विज्ञप्ति जारी गर्दै यस्ता उत्पादनसँग नेपाल रेडक्रस सोसाइटीको कुनै सम्बन्ध नरहेको जनाएको छ।
‘रेडक्रस चिन्हको उपयोग र दुरूपयोगका सम्बन्धमा जेनेभा महासन्धिहरुमा स्पष्ट उल्लेख गरिएको छ। जेनेभा महासन्धिहरू र यसका अतिरिक्त सन्धिपत्रमा चिन्हका विषयमा विभिन्न धारा उपधाराहरूको व्यवस्था छ। कानुनहरूले रेडक्रस चिन्हको प्रयोग, आकार, उद्देश्य, राखिने स्थान, चिन्हले सुरक्षा गर्ने व्यक्ति र सम्पत्ति, प्रयोगकर्ता, चिन्हको आधार र आदरको महत्व तथा दुरूपयोग भएको खण्डमा सजायको समेत व्यवस्था गरेको छ,’ विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।