काठमाडौं– अहिले देशमा चक्रवात यासको प्रभाव कम हुँदै गएकाले मौसममा सुधार हुन थालेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका अधिकांश भू–भागमा सामान्य बदली रहेको छ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका थोरै स्थानहरूमा सामान्य वर्षा भइरहेको महाशाखाले जनाएको छ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।
राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेशका केही स्थानमा तथा बाँकी पहाडी प्रदेशको एक दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र प्रदेश २ का एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।