काठमाडाैं- सरकारले नारायणहिटी दरबार संग्रहालयदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालासम्मको क्षेत्रलाई समेटेर सेन्ट्रल पार्क निर्माण गर्ने भएकाे छ।
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९को बजेट सार्वजनिक गर्दै यो क्षेत्रलाई एकीकृत रूपमा विकास गर्नका लागि ल्याइएको योजनाअनुरुप नै अत्याधुनिक सेन्ट्रल पार्क निर्माण गर्नका लागि बजेट विनिनियोजन गरिएको जानकारी दिए।
यसअन्तर्गत भूमिगत पार्किङसहितको खुलामञ्च, रमणीय बगैचा र प्रदर्शनीस्थलसहितको भृकुटीमण्डप, रानीपोखरी, रत्नपार्क, टुँडिखेल, सुन्धारा, भद्रकाली र दशरथ रंगशालालाई समेत समेट्ने गरी आधुनिक पूर्वाधार विकास गर्न बजेट व्यवस्था गरेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।