काठमाडौं– सरकारले सामुदायिक विद्यालयहरुलाई शैक्षिक नतिजाका आधारमा आर्थिक अनुदान उपलब्ध गराउने भएको छ।
शनिबार आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सामुदायिक विद्यालयलाई शैक्षिक नतिजाको आधारमा अनुदान दिइने बताए।
यस्तो व्यवस्था कार्यान्वयनमा आए उत्कृष्ट नतिजा ल्याउने विद्यालयले धेरै अनुदान पाउने छन् भने कमसल नतिजा ल्याउने विद्यालयले कम अनुदान पाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।